भुटानकाे ट्रान्सपाेर्ट युनाइटेडलाई हराउँदै मच्छिन्द्र 'केपी ओली...
फागुन १३, २०८१ मंगलबार
काठमाण्डौ – जमैकाका पर्यटनमन्त्री एडमण्ड बर्लेटले उपत्यकामा रहेका विभिन्न सम्पदाहरुको अवलोकन गर्नुभएको छ ।
‘नेपाल भ्रमण वर्ष २०२०’ को उद्घाटन सत्रमा सहभागी हुन नेपाल आउनुभएका बर्टलेटले बिहीबार बसन्तपुर दरबार क्षेत्र, धरहरा लगायत अन्य निर्माणाधीन सम्पदाहरुको अवलोकन गर्नुभएको हो । उहाँले नेपाल आउने पर्यटकहरुलाई नेपालमा ढुक्क भएर घुम्ने वातावरण निर्माण गर्न आग्रह गर्नुभयो ।
‘हामीले भ्रमण वर्ष २०२० को अभियान चलाएका छौँ जुन अझ बढी पर्यटक नेपालमा ल्याउनका लागि हो । महत्वपूर्ण कुरा के हो भने पर्यटकले ढुक्क भएर घुम्ने वातावरण निर्माण गर्नुपर्छ । पर्यटकले हरेक कुरामा सुरक्षित महसुस हुनुपर्छ । पर्यटकीय विशेष क्षेत्रको जानकारी गराउनुपर्छ’, उहाँले भन्नुभयो ।
नेपालमा पर्वतीय क्षेत्रलाई पर्यटकको आकर्षणको केन्द्रकोे रुपमा रहेकाले नेपालसँग सहकार्य गर्न तयार रहेको उहाँले बताउनुभयो । त्यसका लागि विश्वविद्यालयसँग सम्बन्ध स्थापित गरी यहाँको पर्यटकीय क्षेत्रहरुको बारेमा अझ बढी जानकारी गराउन सकिने उहाँले जानकारी दिनुभयो ।
सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यसहित बुधबारबाट ‘नेपाल भ्रमण वर्ष २०२०’ को सुरुवात भएको छ । बुधबार भव्य कार्यक्रमको आयोजना गरी भ्रमण वर्षको शुभारम्भ गरिएको छ । सात वटै प्रदेशले भ्रमण वर्षको उद्घाटनमा विभिन्न औपचारिक कार्यक्रम गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।