बीमा समितिमा कर्मचारीको अभाव, नियमनमा समस्या

 पुष १७, २०७६ बिहीबार १७:१७:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौं - कर्मचारीको संख्या कम हुँदा बीमा कम्पनीको नियमनमा समस्या निम्तिएकाे बीमा समितिले जनाएको छ । कर्मचारीको अभाव भएपछि समितिले नियमनलाई थप प्रभावकारी बनाउन जोखिममा आधारित निरीक्षण र सुपरीवेक्षण गर्ने तयारी गरेको छ । 

पछिल्लो समय नेपालमा १९ वटा जीवन बीमा कम्पनी, २० वटा निर्जीवन बीमा कम्पनी र १ वटा पुनर्बीमा कम्पनी गरी कुल ४० वटा बीमा कम्पनीहरु सञ्चालनमा रहेका छन् । 

संख्यात्मक रुपमा बढ्दै गएको बीमा कम्पनीहरु र तिनले बढाउँदै गएको व्यावसायलाई नियमन तथा सुपरीवेक्षण गर्न अहिले बीमा समितिसँग भएको कर्मचारीको संख्या प्रयाप्त छैन् ।

बीमा समितिसँग हाल करिब ७५ जना कर्मचारी रहेको बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाँईंले बताउँनुभयो । एक बीमा कम्पनीलाई नियमन तथा सुरिवेक्षण गर्न समितिसँग २ जना कर्मचारी पनि छैनन् । 

‘विगतमा निरीक्षण र सुपरीवेक्षण नै नगर्ने परम्परा थियो । तर, गत दुई वर्षदेखि परिपालनमा आधारित निरीक्षण प्रणालीलाई अवलम्बन गर्दै आएका छौँ। त्यसले पनि हामीलाई सक्ने अवस्था छैन् ।  किनकी प्रत्येक कम्पनीको निरीक्षण दुई जना कर्मचारीले गर्न नसक्ने अवस्था छ’ उहाँले भन्नुभयो, ‘तर, हामीसँग पर्याप्त कर्मचारी नभएको कारण समस्या निम्तिएको छ ।’

अध्यक्ष चापागाँईंले बीमा कम्पनीहरुको व्यवसाय पछिल्लो तीन वर्षमा ५ प्रतिशतबाट बढेर २२ प्रतिशत सम्म पुगेको जानकारी गराउँनुभयो  । उहाँले वैदेशिक रोजगारीमा जानेहरुको बीमालाई जोड्दा २७ प्रतिशत पुग्ने उल्लेख गर्नुभयो ।

तर हाल बीमा समितिसँग भएका कर्मचारीको संख्याले अहिलेकै प्रणाली मार्फत नियमन गर्न नसकिने उहाँले बताउनुभयाे । उहाँले आगामी आर्थिक वर्षमा कर्मचारीको संख्था थप्ने योजना भए पनि बजारमा दक्ष कर्मचारी पाउँन मुस्किल रहेको बताउनुभयो ।

उहाँले विगत दुई वर्षदेखि परिपालनमा आधारित निरीक्षण प्रणालीलाई अवलम्बन गरेको तर कर्मचारीको अभाव हुँदा अब भने जोखिममा आधारित निरीक्षण प्रणालीलाई अवलम्बन गर्न लागिएको जानकारी दिनुभयो ।

बीमा व्यववसायको क्षेत्र र दायरा बढ्दै जाँदा बीमा समितिले पनि जनशक्ति बढाएर नियमनलाई थप प्रभावकारी बनाउनु पर्ने उहाँले बताउनुभयाे । त्यसका लागि दक्ष कर्मचारीको उत्पादनमा समितिले जोड दिनुपर्ने चापागाँइकाे भनाइ छ । 

अन्तिम अपडेट: फागुन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया