४ जना इजिप्टका नागरिकलाई देश निकाला गर्ने सरकारको निर्णय

यस्ता छन् मन्त्रिपरिषद्ले गरेका निर्णय

 पुस १७, २०७६ बिहिबार १७:२९:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले गैरकानुनी रुपमा नेपाल बस्दै आएका ४ जना इजिप्टका नागरिकलाई देश निकाला गर्ने निर्णय गरेको छ । 

मन्त्रिपरिषद्को गएको सोमबार बसेको बैठकले देश निकाला गरिनेलाई भिसा शुल्क र जरिबाना भने मिनाहा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिनुभयो । 

बिहीबार नियमित पत्रकार भेटघाट कार्यक्रममा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै उहाँले सांस्कृतिक सस्थानको अध्यक्षमा प्रेमनाथ अधिकारी र महाप्रबन्धकमा अशोककुमार राईलाई चार वर्षका लागि नियुक्त गर्ने निर्णय भएको बताउनुभयो । यस्तै ऋण असुली न्यायाधीकरणको रिक्त बैंकिङ सदस्य पदमा नरेशराज अर्याललाई पाँच वर्षका लागि पुनः नियुक्ति गर्ने निर्णय पनि गरेको छ । 

बैठकले नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी, नक्साल काठमाण्डौलाई माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजना सञ्चालन गर्न रसुवा जिल्लाको ७९.२७ हेक्टर वन क्षेत्र ३५ वर्षसम्मका लागि प्रयोग गर्न २०७० साउन २४ गतेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयलाई अहिले पनि निरन्तरता दिने निर्णय गरेको छ । 

यस्तै आउँदो माग २२ गतेदेखि २५ गतेसम्म भारतको लखनउमा आयोजना हुने ११ औँ संस्करणको सुरक्षा प्रविधि सम्बन्धी प्रदर्शाी (डेफएक्स्पो)मा सहभागी हुन उपरथी रघु भण्डारी र सहसचिव यज्ञप्रसाद भट्टराईलाई पठाउने निर्णय पनि गरेको छ । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १४ वटा निर्णय गरेको छ :


 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया