भुटानकाे ट्रान्सपाेर्ट युनाइटेडलाई हराउँदै मच्छिन्द्र 'केपी ओली...
फागुन १३, २०८१ मंगलबार
काठमाण्डाै - राष्ट्रिय भवन संहिता परिमार्जन भएको छ । भवन निर्माण व्यवस्था सुदृढीकरण समितिको बैठकले परिमार्जित भवन संहिता पारित गरेको हो ।
२०७२ वैशाखमा गएका भूकम्प र परकम्पहरुका कारण निजी तथा सार्वजनिक भवनहरुमा क्षति पुगेपछि भूकम्पीय जोखिमको विश्लेषण गरी राष्ट्रिय भवन संहिता परिमार्जन गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई जिम्मेवारी दिइएको थियो । प्राधिकरण मातहतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईले भवन संहिता परिमार्जनको काम गरेको हो ।
संहिता परिमार्जन भएसँगै अब नेपालको आफ्नै मौलिक भवन संहिता निर्माण भएको छ । यसअघि राष्ट्रिय भवन संहिता भारत लगायतका देशहरुको भवन संहितामा आधारित थियो ।
परिमार्जित सहिंता अनुसार डिजाइन निर्देशिकाहरु बन्नेछन् जसमा आधारित भएर मात्र भवनका डिजाइन तथा निर्माण गर्नुपर्नेछ ।
केन्द्रीय आयोजना कार्यान्वयन इकाई भवनका आयोजना निर्देशक नवराज प्याकुरेलले नेपालको भूकम्पीय जोखिम, यहाँको भौगालिक तथा माटोको अवस्था आदिलाई पर्याप्त ध्यान दिएर संहिता परिमार्जन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार भूकम्पपछिको पुनर्निर्माणका क्रममा बलियो संरचना पुनर्निर्माणसँगै संहिता पनि परिमार्जन गरिएको छ ।
केन्द्रीय आयोजना कार्यान्वयन इकाई भवनले २०७४ मंसिरबाट परिमार्जन कार्य सुरु गरेको थियो । त्यसक्रममा भवन निर्माणसम्बन्धी सबै सरोकारवाला संघसंस्था एवं निकाय, विश्वविद्यालय तथा कलेजहरु, खानी तथा भूगर्भ विभाग लगायतसँग बृहत अन्तरक्रिया तथा कार्यशालाहरु गरिएको आयोजना निर्देशक प्याकुरेलले जानकारी दिनुभयो ।
संहिता परिमार्जनका क्रममा ‘भूकम्पीय जोखिम नक्सा पनि निर्माण गरिएको छ । संहिताले साना भवनदेखि ठूला सार्वजनिक भवनलाई समेट्नेछ ।
संहिता परिमार्जनका लागि सहरी विकास मन्त्रालयको भवन आवास महाशाखा प्रमुखको संयोजकत्वमा १३ सदस्यीय सल्लाहकार समिति गठन भएको थियो । त्यसैगरी, सहरी विकास तथा भवन निर्माण विभागका उपनिर्देशकको नेतृत्वमा सात सदस्यीय कार्यकारिणी समिति गठन गरिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Nirajan Ghimire
Jan. 2, 2020, 7:16 p.m.This is really a great article and a great read for me. It's my first visit to your blog and I have found it so useful and informative specially this article. I have bookmarked it and I am looking forward to reading new articles. Thanks for this article. Keep up the good work! Thanks for this post.