घोराही उपमहानगरमा निजी क्षेत्रमार्फत सरसफाइ व्यवस्थापनको काम शुरू
फागुन १३, २०८१ मंगलबार
नुवाकोट – स्थानीयको अवरोध आए पनि नुवाकोटको बन्चरेडाँडामा ल्याण्डफिल साइटको निर्माण कार्य नरोकिने सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।
शुक्रबार नुवाकोटको बन्चरे डाँडामा निर्माण भइरहेको ल्याण्डफिल साइटको अनुगमन तथा निरीक्षण गर्ने क्रममा विभागका उप-महानिर्देशक पद्म मैनालीले स्थानीयको अवरोध भए पनि निर्माण कार्य नरोकिने बताउनुभएको हो ।
उहाँले आउँदाे फागुन पहिलो सातासम्ममा ल्यान्डफिल साइटकाे पूर्वाधार निर्माणको सम्पूर्ण काम सकिने बताउनुभएको छ ।
बन्चरे डाँडामा काठमाण्डाै उपत्यकाको २ महानगरपालिका र १६ नगरपालिकाको फोहोर व्यवस्थापन हुनेछ । त्यसका लागि नेप वेष्ट प्रालिले नुवाकोटको बन्चरेडाँडामा ल्याण्डफिल निर्माणको काम गरिरहेको छ ।
नुवाकोटकै सिसडोलमा २ वर्षका लागि अस्थायी रुपमा फोहोर व्यवस्थापन गर्ने भने पनि १४ वर्षसम्म फोहोर व्यवस्थापन नगरिँदा ल्याण्डफिल साइट भरिएको छ । त्यसैले बन्चरेडाँडामा पनि त्यही समस्या दोहोरिने आशंका स्थानीयले गरेका छन् ।
निरीक्षणका क्रममा काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले स्थानीयको माग जायज भएकाले सम्बोधन गरेर मात्रै फोहोर व्यवस्थापन गरिने बताउनुभयो ।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले स्थानीय समस्याको समाधान नगरी काम गर्न नसकिने भएकाले कार्यतालिका बनाएर मात्रै काम गर्न आफूहरु तयार रहेको बताउनुभयो ।
ल्याण्डफिल साइट निर्माणका लागि संघीय सरकारले १ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर स्थानीयले आफ्नाे क्षेत्रमा विकासका पूर्वाधारहरु नपुर्याउँदासम्म फोहोर व्यवस्थापन गर्न नदिने बताएका छन् । त्यसैले ल्याण्डफिल साइटमा पूर्वाधारको निर्माण भए पनि फोहोर व्यवस्थापनमा अवरोध हुने सम्भावना भने उत्तिकै छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।