माैसम : ठूलो पानी पर्ने र हिमपात हुने क्रम रोकिँदै, आइतबारदेखि देशभरकै माैसममा सुधार आउने

 पुस १९, २०७६ शनिबार २०:१५:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पश्चिमी वायु कमजोर हुँदै गएकाले ठूलो पानी पर्ने र हिमपात हुने क्रम रोकिँदै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पहाडी क्षेत्रमा शनिबार दिउँसो हल्का पानी परे पनि अब ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद् वरुण पौडेलले बताउनुभयो । तराईमा पनि मौसम खुल्दै गएको महाशाखाले जनाएकाे छ ।

आइतबारबाट देशभरकै मौसममा क्रमशः सुधार आउने पौडेलले जानकारी दिनुभयो । मध्य र पूर्वका उच्च हिमाली क्षेत्रमा भने अहिले पनि हल्का हिमपात भैरहेको र अरु क्षेत्रमा हिमपात रोकिएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

फेरि अर्को पश्चिमी वायु नेपाल आउने देखिएकाले अझै केही दिन देशभरीको मौसम पूर्णरुपमा भने नखुल्ने महाशाखाले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया