असाेजमा कृषि विकास बैंकबाट ह्याकिङ गरेर लुटिएकाे एक कराेड रुपैयाँसहित फरार अभियुक्त पक्राउ

 पुस २०, २०७६ आइतबार १३:३५:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - गएकाे असाेज ८ गते कृषि विकास बैंककाे सिरहाको लहान, चितवनको सौराहा र कैलालीको धनगढी शाखाको कम्प्युटर सिस्टम ह्याक गरेर लुटेकाे एक करोड रुपैयाँसहित फरार रहेका दिपक नेपाललाई प्रहरीले पक्राउ गरेकाे छ । 

फरार अभियुक्त नेपाललाई महानगरीय अपराध महाशाखाको विशेष अनुसन्धान टोलीले शुक्रबार पक्राउ गरी आवश्यक कारबाहीको लागि काठमाण्डौ जिल्ला अदालतमा पठाएको छ।

 

मोरङ जिल्ला, रंगेली नगरपालिका-२ घर भएका ४३ वर्षीय नेपालकाे गएकाे असाेज ८ मा नेपालका बैंक तथा वित्तीय संस्थाहरूबाट पाँच अर्ब रुपैयाँ ठगी गरेर लैजाने याेजनामा काम गरेका नाइजेरियन र भारतीय नागरिकहरुले प्रयाेग गरेका नेपालीहरुमध्ये एक रहेका पाइएकाे छ ।

लामो समय देखि भारतको मुम्बई साथै नेपालमा बसी ५ अर्बभन्दा बढी रकम ह्याकिङ गरी लैजाने नाइजेरियन र भारतीय नागरिकहरुकाे योजना अनुरुप नेपाली नागरिकहरूलाई प्रयोग गरी कृषि विकास बैंकको सिस्टम ह्याक गरेर लुटिएकाे एक कराेड रुपैयाँसहित नेपाललाई पक्राउ गरिएकाे महानगरीय अपराध महाशाखाले जनाएकाे छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया