कृषि विकास बैंक ह्याकिङ प्रकरण: लहान शाखाका कर्मचारी पक्राउ

 असोज १२, २०७६ आइतबार १८:५०:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कृषि विकास बैंकको सफ्टवेयर ह्याक गरी रकम चोरी गरेको आशंकामा सिरहाको लाहान शाखाका कर्मचारी पक्राउ गरेका छन् ।

बैंकले लहान शाखाका कर्मचारी सुनीलकुमार झाको गतिविधि शंकास्पद रहेको जनाएपछि महानगरीय अपराध महाशाखाले आइतबार पक्राउ गरी अनुसन्धान थालेको हो । लुटिएको रकमको कारोबार झाको कम्प्युटरबाट भएको भेटिएपछि पक्राउ गरेको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो ।

 

प्रहरीले बैंकको रकम चोरीको आरोपमा अहिलेसम्म १७ जनालाई पक्राउ गरिसकेको छ । गएको असाेज ८ गते बैंकको झण्डै ५ करोड रुपैयाँ चोरी भएको थियो । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया