हवाई क्षेत्रमा सेवा प्रदायक र नियामक निकाय बनाउने गरी तयार ग...
फागुन १३, २०८१ मंगलबार
काठमाण्डौ – सानिमा बैंक लिमिटेड पोखरा, न्युरोड शाखाले बैंकको सामाजिक संस्थागत उत्तरदायित्व कार्यक्रम अर्न्तगत घारीपाटनमा रहेकाे हिमालय आँखा अस्पताललाई पानी शुद्धीकरण मेसिन प्रदान गरेको छ ।
आँखा उपचारको लागि दैनिक अस्पताल आउने करिब ५ सय जना बिरामी र त्यहाँ कार्यरत कर्मचारीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै मेसिन प्रदान गरेको हो।
पानी शुद्धीकरण मेसिन सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहालले हिमालय आँखा अस्पतालका प्रमुख मेडिकल निर्देशक डा. ईन्द्रमान मर्हजनलाई हस्तान्तरण गर्नुुभएको हो ।
साथै, बैंकको प्रमुख कार्यकारी अधिकृत दाहालले आगामी दिनहरुमा पनि थप आवश्यक सहयोगहरु उपलब्ध गर्दै जाने बताउनु भयो । त्यसैगरी आँखा अस्पतालका निर्देशक डा. मर्हजनले सानिमा बैंकको सहयोग प्रति आभार व्यक्त गर्नुभयो ।
हाल, देशभर सानिमा बैंकको ७९ वटा शाखा, १ एक्सटेन्सन काउन्टर तथा ७८ वटा ए.टि.एम रहेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।