रुपन्देहीमा घाइते हुनेगरी विद्यार्थी कुट्ने शिक्षक पक्राउ

 पुष २०, २०७६ आइतबार २०:४१:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

रुपन्देही – रूपन्देहीकाे सम्मरीमाई गाउँपालिका–६ मर्चवारमा विद्यार्थी कुट्ने शिक्षक पक्राउ परेका छन् । विद्यार्थीलाई पिटेर घाइते बनाएका शिक्षक शैलेन्द्र बराईलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । 

परिवारको उजुरीका आधारमा पक्राउ गरिएको मर्चवार इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पोषडराज ढकालले उज्यालोलाई जानकारी दिनुभयो । रुपन्देहीको सम्मरीमाई गाउँपालिका–६ मा रहेको ज्ञानदीप बोर्डिङ स्कुलमा कक्षा ५ मा पढ्ने तौफिक धुनिया, शिक्षक शैलेन्द्र बराईको कुटाइबाट घाइते भएका परिवारले आरोप लगाएको छ । 

कुटाइ खाने १० वर्षको बालकको बायाँ आँखामा गम्भीर चोट लागेको छ । तौफिकका हजुरबुवा मोहम्मद हुसेनले स्थानीय अस्पतालमा उपचार संभव नभएपछि भैरहवामा रहेको मेडिकल कलेजमा ल्याएको बताउनुभयो । 

प्रधानाध्यापक सुरेन्द्र बराईले भने विद्यार्थीमाथी कुटपिट नभएको दावी गर्नुभएको छ । घटना गएको बुधबार भएको हो । 

अन्तिम अपडेट: पुस ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया