भाेलिदेखि देशका उच्च पहाडी र हिमाली क्षेत्रमा पानी पर्ने तथा भारी हिमपातकाे सम्भावना

 पुस २१, २०७६ सोमबार ७:३२:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अहिले काठमाण्डाैसहित देशका मध्य र पूर्वका केही ठाउँमा कुहिरो लागेको छ ।

अहिले लागेको कुहिरो दिउँसोपछि हट्ने र घाम लाग्ने सम्भावना रहेको मौसमविद् विभूति पोख्रेलले जानकारी दिनुभयो । तर बेलुकापछि भने पश्चिमी वायुको प्रभाव पश्चिमी क्षेत्रमा देखिने भएकाले राति पश्चिमी क्षेत्रको मौसम बदली हुने र हल्का पानी पर्ने सम्भावना छ ।

मङ्गलबारदेखि देशका उच्च पहाडी र हिमाली भेगमा पानी पर्ने र भारी हिमपात हुने भएकाले चिसो बढ्ने सम्भावना छ । तर काठमाण्डाैसहित मध्य र तराईका भूभागमा भने पानी पर्ने सम्भावना खासै नभएको उहाँले बताउनु भयो । यी क्षेत्रमा भने सामान्य खालको बदली मात्रै हुनेछ ।

मङ्गलबार र बुधबार उच्च पहाडी र हिमाली भेगमा भारी हिमपात हुने सम्भावना भए पनि बिहीबारदेखि भने फेरि मौसममा सुधार हुने उहाँले बताउनु भयो । यसैबीच काठमाण्डाैकाे साेमबार बिहानको न्यूनतम तापक्रम १ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया