एसएलआरको गोलीसहित दुईजना पक्राउ

 जेठ १०, २०७५ बिहिबार ९:१२:५९ | सुमन तिमल्सिना
unn.prixa.net

सुनसरीको ईटहरीबाट एसएलआर राईफलको गोलीसहित दुई युवक पक्राउ परेका छन् ।

प्रहरीले ईटहरी उपमहानगरपालिका २ पानीपिया बस्ने १९ वर्षीय प्रेम आचार्य र उनका साथी सन्देशकुमार सुन्दासलाई एक राउण्ड  एसएलआरको गोलीसहित गएराती पक्राउ गरेको हो ।

अस्थायी प्रहरी पोष्ट शान्तिझोडाबाट खटिएको गस्ती टोलीले आचार्यलाई शंका लागेर जाँच गर्दा उनको साथबाट गोली बरामद भएपछि उनीसहित उनका साथीलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत २, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया