हिमपातका कारण बझाङमा एक हप्तादेखि विद्युत, टेलिफोन र बैंकिङ सेवा बन्द

 पुस २१, २०७६ सोमबार १५:५६:२२ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – हिमपातका कारण बझाङमा एक हप्तादेखि विद्युत सेवा अवरुद्ध भएको छ । गएको बुधबार रातिदेखी लगातार परेको हिमपातका कारण विद्युत सेवाकासाथै टेलिफोन, इन्टरनेट र बैंकिङ सेवा पनि अवरुद्ध भएकाे छ । 

विद्युत तथा सञ्चार सेवा नै अवरुद्ध भएपछि यहाँको जनजीवन कष्टकर बन्न पुगेकाे छ ।

विद्युत प्राधिकरण बझाङ शाखाले विभिन्न स्थानमा बिजुलीको पोल ढलेको कारण विद्युत प्रवाह हुन नसकेको जानकारी दिएको छ । टेलिफोन सेवा अवरुद्ध भएकाले हप्ता दिनदेखि सरकारी तथा गैरसरकारी कार्यालयमा कामकाज ठप्प जस्तै भएकाे छ ।  

साइपाल गाउँपालिकाका सूचना प्रणाली अपरेटर जनकबहादुर दुवालले जिल्लाभरी नेटवर्क सेवा बन्द भएकाले कार्यलयको सम्पूर्ण काममा बाधा पुगेको बताउनुभयो ।

बैकिंङ सेवामा समस्या आएसँगै बैंकमा पैसा निकाल्न र राख्न आएकाहरुसमेत समस्यामा परेका छन् । एक हप्तादेखि विद्युतीय सेवा अवरुद्ध हुँदा पनि सरोकारवाला निकायले कुनै चासो नदिएको स्थानीयकाे आराेप छ ।  

यता, दुरसञ्चार कार्यालयले बाक्लो हिमपातका कारण सोलार ब्याट्री चार्ज गर्न नसकिएकाले सम्पूर्ण सेवामा समस्या आएको जवाफ दिने गरेकाे छ । समस्या समाधानका लागी आफूहरु लागी परेको कार्यालयले जनाएको छ । 

हिमपातका कारण टेलिकम, विद्युत लगायतका सम्पूर्ण  सेवा अवरुद्ध भएपछि सुदूरपश्चिमका बझाङ, बाजुरा,डोटी लगायतका पहाडी जिल्लाको जनजीवन कष्टकर बनेको छ । 

अन्तिम अपडेट: चैत ४, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया