हराएको चार दिनपछि युवतीकाे शव फेला

 पुस २१, २०७६ सोमबार १९:३६:६ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही - घरबाट हराएकाे चार दिनपछि सर्लाहीकाे वागमती नगरपालिका ५ टेकानकी एक युवतीकाे शव फेला परेकाे छ । साेमबार बिहान वागमती खोलाको बगरमा अन्दाजी -२५ वर्षीया पूर्णिमा मोक्तानको शव फेला परेको हो । 

पुस १८ गते राति घरबाट मेला हेर्न भनेर गएकी छोरी चार दिनसम्म घर नफर्किएपछि परिवारले छोरीकाे खोजी गरिदिन प्रहरीमा खबर गरेका थिए । सोमबार बिहान स्थानीयले वागमती नदीको काँस घारीमा युवतीको शव देखेपछि प्रहरीलाई खबर गरेका हुन्। 

घटना स्थलको अवस्था हेर्दा युवतीलाई कसैले हत्या गरेर खोलाको बगरमा लगेर फालेको जस्ताे देखिएकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक प्रतीत सिंह राठौरले जानकारी दिनुभयो । मृतक युवतीले लगाएको सुरुवाल फुकालिएकाले बलात्कारपछि हत्या गरेको हुनसक्ने स्थानीयले बताएका छन् ।  

हत्याको आशंकामा प्रहरीले राजघाट टेकानी घर भएका एक बोलेरो चालकलाई महोत्तरीबाट नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ । युवतीको शव परीक्षणको लागी जिल्ला अस्पताल मलंगवा पठाइएको छ ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया