नारायणीमा डुबेर बेपत्ता भएका दिदीभाइ मृत फेला
चैत २७, २०८१ बुधबार
काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले सनराइजर्स हैदराबादलाई सात विकेटले पराजित गरेको छ ।
हिजोको खेलमा हैदराबादले दिएको १५३ रनको लक्ष्य गुजरातले १६ ओभर ४ बलमा तीन विकेट गुमाउँदै पूरा गर्यो । गुजरातका कप्तान सुभमन गिलले अविजित ६१ रन बनाए ।
हैदराबादका मोहम्मद शमीले दुई विकेट लिए । त्यसअघि राजीव गान्धी अन्तर्राष्ट्रिय रङ्गशालामा टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले २० ओभरमा आठ विकेट गुमाउँदै १५२ रन बनाएको थियो ।
हैदराबादका नितिशकुमार रेड्डीले सर्वाधिक ३१ रन बनाए । गुजरातका मोहम्मद सिराजले सर्वाधिक चार विकेट लिए । हैदराबादले पहिलो खेलमा कोलकाता नाइट राइडर्सलाई पराजित गर्दै विजयी शुरुआत गरे पनि त्यसयताका चार खेलमा लगातार हार बेहोर्दै अङ्क तालिकाको पुछारमा रहेको छ ।
पहिलो खेलमा पञ्जाबसँग हारेको गुजरातको भने यो लगातार तेस्रो जीत हो । गुजरात ६ अङ्कसहित दोस्रो स्थानमा छ । समान अङ्क भएको दिल्ली क्यापिटल्स शीर्ष स्थानमा छ ।
आईपीएलमा आज मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेङ्गलुरु खेल्दैछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।