ईपीएल फुटबलमा शीर्ष स्थानको लिभरपुले फुलहामसँग पराजित

 चैत २५, २०८१ सोमबार ७:२:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा शीर्ष स्थानको लिभरपुल आठौँ स्थानको फुलहामसँग पराजित भएको छ ।

गएराति भएको खेलमा फुलहामले लिभरपुललाई ३–२ गोल अन्तरले हराएको हो । यस्तै अर्को  खेलमा टोटनहम हट्सपरले  साउथ्याम्पटनलाई ३–१ ले पराजित गरेको छ ।

हिजै भएको खेलमा म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटी तथा ब्रेन्टफोर्ड र चेल्सीले भने गोलरहित बराबरी खेलेका छन् ।

ईपीएलमा लिभरपुल ७३ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । यस्तै आर्सनल ६२ अङ्कसहित दोस्रो र नटिङ्घम फरेस्ट ५७ अङ्कसहित तेस्रो स्थानमा छन् ।

अन्तिम अपडेट: चैत २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया