अमेरिकी राष्ट्रपति ट्रम्पको भन्सार शुल्क कम गर्न विश्व समुदायको प्रयास

 चैत २५, २०८१ सोमबार ६:३४:३८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकामा निर्यात गरिने सामानहरूमा लगाइएका भन्सार शुल्क कम गर्नका विश्व समुदायलाई हतार भएको राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनुभएको छ । यसबारे ५० भन्दा धेरै देशले आफूसँग वार्ता गर्न खोजेका उहाँको भनाइ छ  ।

राष्ट्रपति ट्रम्पको कठोर कर नीतिका कारण बजार सुस्त हुनेभन्दै विभिन्न देशले यसबारे वार्ता गर्न चाहेको ह्वाइट हाउसले जनाएको छ । तर आफ्ना नीतिहरू कहिल्यै परिवर्तन नहुने भन्दै भन्सार शुल्क अझै बढाउँदै जानेतर्फ ट्रम्प अडिग रहनुभएको बीबीसीले जनाएको छ ।

ह्वाइट हाउस राष्ट्रिय आर्थिक परिषद्का प्रमुख केभिन ह्यासेटले पहिलेभन्दा केही मूल्य बढे पनि भन्सार शुल्कले ठूलो मूल्य वृद्धि नगर्ने कुरामा जोड दिनुभएको छ । केही देशले प्रतिरोध स्वरुप करको बदला कर नीति अवलम्ब गरेकामा पनि ट्रम्प प्रशासनले चेतावनी दिँदै आएको छ ।

अमेरिकामा उत्पादनहरू बेच्ने विश्वभरका देशहरूले अमेरिकालाई ठगिरहेका आरोप लगाउँदै ट्रम्पले लामो समयदेखिको यो गलत अभ्यास सुधार्ने माध्यमका रूपमा भन्सार शुल्कलाई हेरिएको दाबी गर्नुभएको छ । तर धेरै अर्थशास्त्रीले भन्सार शुल्क वृद्धिको असरका रुपमा उपभोक्ताहरूले पनि मूल्य वृद्धिको सामना गर्नुपर्ने बताइरहेका छन् । यस्तै व्यापार र उत्पादनसम्बन्धी अनिश्चितताले विश्व बजारहरूमा अन्योलता छाएको छ । 
 

अन्तिम अपडेट: चैत २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया