भुटानकाे ट्रान्सपाेर्ट युनाइटेडलाई हराउँदै मच्छिन्द्र 'केपी ओली...
फागुन १३, २०८१ मंगलबार
काठमाण्डाै - यो हप्ताको ३ दिनमा नेप्से परिसूचक ५० अंकभन्दा धेरैले बढेको छ । साेमबार १८ अंक र आइतबार १६ अंकले बढेको परिसूचक आज पनि १६ दशमलव २३ अंकले बढेको छ ।
नेप्से बढेर १२ सय १६ दशमलव ९२ विन्दुमा पुगको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । होटल र उत्पादनमूलक क्षेत्रबाहेक आज सबै समूहको उप–सूचक बढेको छ । सबैभन्दा धेरै नीर्जीवन बीमा समूहको सूचक ८६ दशमलव ५६ अंकले बढेको हो ।
कारोबार रकम पनि आज १ अर्ब रुपैयाँ नाघेको छ । आज १ अर्ब १० करोड रुपैयाँ बराबरका ३८ लाख ८० हजार कित्ता शेयर किनबेच भएका छन् ।
माछापुच्छ्रे बैंक लिमिटेडको आज सबैभन्दा धेरै १९ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले आज सबैभन्दा धेरै १० प्रतिशत कमाएका छन् । वमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडलगायत कम्पनीका शेयरधनीले पनि झण्डै १० प्रतिशत कमाएका छन् ।
बोटलर्स नेपाल (तराई) लिमिटेडका शेयर लगानीकर्ताले भने ४ प्रतिशत गुमाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।