मलेसियामा नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन

 पुस २२, २०७६ मंगलबार १८:९:५६ | उज्यालो सहकर्मी

मलेसिया - मलेसियामा ‘नेपाल भ्रमण वर्ष २०२०’को उद्घाटन भएको छ ।

मलेसियामा रहेको नेपाली दूतावासले मंगलबार मलेसियाका पर्यटन, कला तथा संस्कृति मन्त्री मोहमद्दिन विन केतापीको प्रमुख आतिथ्यमा भ्रमण वर्षको उद्घाटन गरेको हो । मलेसियाका पर्यटनमन्त्री केतापीले नेपाल भ्रमण वर्ष २०२० को सफलताको शुभकामना दिँदै विश्वका धेरै पर्यटकको रोजाइमा नेपाल रहने विश्वास व्यक्त गर्नुभयो ।

साथै पर्यटनको विकासको लागि  उत्पादकत्व, प्रचार-प्रसार, बजार रणनीति, मानव श्रोतको विकास र नयाँ प्रविधिको प्रयोग अभिवृद्धि सबैले गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रमलाई सम्बाेधन गर्दै मलेसियाका लागि नेपालका राजदूत उदयराज पाण्डेले नेपालको विकासमा पर्यटन क्षेत्रले खेलेको भूमिका, नेपालमा पर्यटन क्षेत्रमा रहेका अवसरहरु, नेपाल र मलेसियाबीचमा पर्यटन प्रवर्द्धनको क्षेत्रमा हुनुपर्ने साझेदारीको विषयमा प्रकाश पार्नुभयो । 

उहाँले सम्पूर्ण मलेसियाली नागरिक तथा विदेशीहरुलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुभयो । 

कार्यक्रममा मलेसियाको परराष्ट्र मन्त्रालय लगायतका सरकारी कार्यालयहरु, पर्यटन प्रवर्द्धनसँग सम्बन्धित सरकारी तथा गैर सरकारी निकायहरु, मलेसिया र नेपालबीच हवाइसेवा सञ्चालन गर्ने कम्पनीहरु तथा ट्राभल्स एजेन्सीहरु, होटल, उद्योगी तथा व्यापारिक लगायतको उपस्थिति  रहेको थियो  । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया