आज र भाेलि काठमाण्डाैसहित देशका धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने

 पुस २३, २०७६ बुधबार ७:१७:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बुधबार काठमाण्डाै उपत्यकासहित देशका धेरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायुको प्रभावले बुधबार र बिहीबार देशका विभिन्न ठाउँमा मेघगर्जनसहित पानी पर्ने मौसम पुर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठले बताउनु भयो ।

उहाँका अनुसार अहिले काठमाण्डाै उपत्यकासहित मध्य र पूर्वमा धुम्म परिरहेकाे माैसम रहिरहने र मेघगर्जनसहित पानी पर्ने छ । 

यस्तै उच्च हिमाली तथा पहाडी भेगमा हिमपात पनि हुने उहाँले बताउनु भयाे । बुधबार र बिहीबार देशभरिकै मौसम बदली भए पनि शुक्रबारदेखि भने मौसम बिस्तारै खुल्ने मौसमविद्को अनुमान छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया