भुटानकाे ट्रान्सपाेर्ट युनाइटेडलाई हराउँदै मच्छिन्द्र 'केपी ओली...
फागुन १३, २०८१ मंगलबार
काठमाण्डौ – काठमाण्डौको बुढानीलकण्ठमा तीन साताअघि ठक्कर दिएर पैदल यात्रुको ज्यान लिने कार चालक पृथ्वी मल्ल कारागार चलान भएका छन्। जिल्ला अदालत काठमाण्डौले कार चालक मल्ललाई दोषी ठहर गर्दै जेल सजाय सुनाएको हो ।
![]() |
बूढानीलकण्ठ कार दुर्घटना : नायिका परमिताले भनिन्– चार जनाकाे मूर्खतापूर्ण निर्णयले निर्दाेषकाे ज्यान गयाे |
गएको मंसिर २८ गते बिहान मल्लले चलाएको कारले ठक्कर दिँदा मन्दिरबाट फर्किँदै गरेकी गोरखाकी लीला देवकोटाको ज्यान गएको थियो । कार चालक मल्लले अत्यधिक रक्सी खाएर गाडी चलाएकाले दुर्घटना भएको अदालतले ठहर गरेको छ ।
दुर्घटनामा ज्यान गुमाएकी लीला देवकोटाका देवर यादव देवकोटाले आफूहरुले न्याय पाएको बताउनु भएको छ । गल्फ खेलका अन्तर्राष्ट्रिय खेलाडी मल्ल बिदा मनाउन अमेरिकाबाट नेपाल फर्किएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।