प्रिमियर लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा विश्व तिमिला

 पुष २३, २०७६ बुधबार २१:६:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रिमियर लाइफ इन्स्योरेन्सको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा विश्व तिमिला पदबहाली हुनुभएको छ ।
यस कम्पनीको अधिकृत पदमा नियुक्त हुनुभएका  तिमिला बीमा क्षेत्रमा झण्डै चार दशकदेखि कार्यरत हुनुहुन्छ ।  

विक्रम स‍‌म्वत् २०३७ सालदेखि ओरियन्टल इन्स्योरेन्स कम्पनीमा बजार अधिकृतको जिम्मेवारी सम्हाल्दै आउनुभएका तिमिलाले २०५३ सालमा नेको इन्स्योरेन्समा वरिष्ठ प्रबन्धकको रुपमा प्रवेश गरी २०७२ देखि २०७६ सम्म प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्नु भएको थियो ।

उहाँकाे  नेको इन्स्योरेन्सकाे कार्यभार गएको मंसिर मसान्तमा पूरा भएको थियो ।

अन्तिम अपडेट: फागुन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया