टाटाको जनवरी फेस्ट : सिंगापुर घुम्ने अवसर

 पुस २४, २०७६ बिहिबार १३:४८:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले जनवरी फेस्ट विशेष कार्यक्रम गर्ने भएको छ ।

थापाथलीमा रहेको टाटा मोटर्सको शाेरुममा हुने कार्यक्रम १० जनवरी २०२० देखि १२ जनवरीसम्म चल्नेछ ।

यस अवसरमा ग्राहकहरुले टाटा मोटर्सको शाेरुममा नयाँ तथाअत्याधुनिक डिजाइनका उत्पादनहरु एचफाइभ, नेक्सन, टियागो, टिगोर र एनअ।रजीलगायतका गाडीहरु अवलोकनका साथै टेष्ट ड्राइभ गर्न सक्नेछन् ।

कार्यक्रम अवधिभर ग्राहकहरुले जुनसुकै ब्राण्डका गाडीहरु एक्सचेन्जमा १ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस तथा टेष्ट ड्राइभमा आर्कषक उपहार पाउने कम्पनीले जनाएकाे छ ।

कम्पनीका अनुसार प्रत्येक गाडीको खरिदमा एक जोडीले सिंगापुर क्रुज टुरको अवसर पनि प्राप्त गर्न सक्नेछन् । कार्यक्रममा विभिन्न किसिमका मनोरन्जनात्मक कार्यक्रमहरु पनि प्रस्तुत गरिनेछन् ।  


 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया