सर्वाेच्च अदालतकाे बाेर्डमा कालाे रङ छ्याप्ने बिनु यादव पक्राउ
मंसिर ११, २०८१ मंगलबार
चितवन – मानव बस्तीमा प्रवेश गरेर वितण्डा मच्चाउने 'रोनाल्डो' हात्तीमा रेडियो कलर जडान गरिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जको राेनाल्डाे हात्तीलाई नियन्त्रणमा लिएर स्याटेलाइट रेडियो कलर जडान गर्नुका साथै दाह्रा काटिएको हो । चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्राकृतिक संरक्षण कोष सौरहाका चिकित्सक तथा प्राविधिकले रेडियो कलर जडान गरेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेले जानकारी दिनुभयो ।
पछिल्लो दुई हप्तादेखि राेनाल्डोले भरतपुर महानगरपालिका २७ र २८ मा वितण्डा मच्चाएको थियो । रोनाल्डो भएको ठाउँ र त्यसको गतिविधि पत्ता लगाउन रेडियो कलर जडान गरिएको घिमिरेले बताउनु भयो ।
रेडियो कलरमार्फत कसरामा रहेकाे निकुञ्जको कार्यालयबाटै हात्ती कहाँ, कस्तो अवस्थामा छ भन्ने पत्ता लाग्छ । 'दाह्रा काटेपछि हात्तीले कमजोर महसुस गर्छ, जसले क्षति कम गर्छ', उहाँले भन्नुभयो । दाह्रा काट्दा हात्तीको स्वास्थ्यमा कुनै असर नगर्ने र निकुञ्जमा पालिएका हात्तीको पनि काट्ने गरेको उहाँले बताउनु भयो । गएकाे वर्ष सौरहा क्षेत्रमा वितण्डा मच्चाएको रोनाल्डोले यस वर्ष मेघौली क्षेत्रमा दुःख दिएको हो ।
राेनाल्डाेले स्थानीयको केराखेती, घरमा भण्डार गरेर राखेको खाद्यान्न र घर गोठमा समेत क्षति पुर्याएको भरतपुर महानगरपालिका २८ का वडाध्यक्ष आशबहादुर कुमालले बताउनु भयो । उहाँले भन्नुभयो, 'मानिसको समेत ज्यान लिने अवस्था आएको थियो, निकुञ्ज, महानगर र प्रशासनमा ‘डेलिगेसन’ गयौँ, बल्ल सुनुवाइ भयो ।' रेडियो कलर जडानपछि पनि अझै ढुक्क हुने अवस्था नरहेको उहाँले बताउनु भयो ।
चितवन राष्ट्रिय निकुञ्जमा चारदेखि पाँच रैथाने जङ्गली हात्ती छन् । तिनीहरु एक्लाएक्लै हिँड्छन् । तिनै हात्तीले मानवीय बस्तीमा प्रवेश गरेर धनजनको क्षति गर्ने गरेका छन् । नेपाल भारत आवतजावत गर्ने झण्डै ४० देखि ५० हात्ती निकुञ्जमा रहेको घिमिरेले जानकारी दिनुभयो । निकुञ्जले पालेका ५७ हात्ती छन् । यसअघि चितवन राष्ट्रिय निकुञ्जमा ध्रुवे हात्तीलाई रेडियो कलर जडान गरिएको थियो ।
चितवनमा जङ्गली हात्तीको आक्रमणबाट बर्सेनि धनजनको क्षति हुने गरेको छ । वर्षौंदेखि निकुञ्ज र बस्तीबीच व्यवस्थित तारबारको माग उठ्दै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।