चीनको यस्तो प्रान्त जहाँ ८० लाख जनसंख्यामा जम्मा १७ जना मात्र गरिबीमा बाँच्छन् !

 पुस २५, २०७६ शुक्रबार १८:१०:५३ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – ८० लाखभन्दा बढी जनसङ्ख्या रहेको चीनको एउटा प्रान्तमा जम्मा १७ जना व्यक्तिमात्र गरिबीको रेखामुनि छन् । 

जियाङ्सु प्रान्तमा जम्मा औँलामा गन्न सकिने केही सङ्ख्या मात्र वर्षमा ६ हजार युआन (८६३ अमेरिकी डलर, ६६० पाउण्ड स्टर्लिङ्ग) भन्दा कम कमाइ गर्छन्, जसले प्रान्तको सफल अभियानमा सहयोग पुर्‍याएको छ । 

तर यो आँकडा देखेर अनलाइनमै धेरै प्रश्नहरु सोधिए । एक जनाले सोधे, ‘म विश्वास गर्दिन । यो प्रान्तमा कोही पनि बेरोजगार छैनन् ? मगन्ते छैनन् ?’

गरिबी हटाउनु नै चिनियाँ सरकारको प्रमुख उद्देश्य हो । दक्षिण–पूर्वीको जियाङ्सु चीनकै धनी प्रान्तमध्ये एक हो, आर्थिक हिसाबमा भने ग्वाङ्गदोङ्गपछिको दोस्रो नम्बरमा पर्छ । 

प्रान्तका अनुसार सन् २०१९ को अन्त्यसँगै पछिल्ला चार वर्षमा दुई लाख ५४ हजारभन्दा बढी मानिस गरिबीको रेखाबाट माथि उठ्न सक्षम भए । जियाङ्सु प्रान्तले सन् २०२० सम्ममा गरिबीलाई पूर्णरुपमा हटाउने लक्ष्य राखेको छ । 

गरिबीमा बाँचिरहेका १७ जना काम गर्न सक्षम छन् । चिनियाँ सञ्चारमाध्यमसँग कुरा गर्ने एक अधिकारीका अनुसार १७ जनामध्ये चार जना ‘रोगबाट पीडित’ छन् ।  

चिनियाँ सरकारले सोचेअनुरुप नभए पनि वार्षिक झण्डै ६ प्रतिशतले चिनियाँ अर्थव्यवस्था वृद्धि भइरहेको छ । देश धनी हुँदै गइरहेको भए पनि गरिबीविरुद्धको जियाङ्सु प्रान्तको अभियान अनलाइनमा भाइरल भइरहेको छ । 

‘उनीहरु यति सही कसरी हुन सक्छन् ?’, चिनियाँ सामाजिक सञ्जाल प्लेटफर्म ‘वेइबाे’ मा यस्तै किसिमका प्रतिक्रियाको ओइरो लागेको छ । 

गएका केही दशकमा चीनको अर्थव्यवस्था आकाशोन्मुख हुँदा गरिबी भने हराएको छैन र असमानता बढेको छ । व्यक्तिगत घटनाका विषय र चरम गरिबीले भने पुरै चीन नै समस्यामा छ । 

सन् २०१९ केही सहयोगी हृदयहरुले दक्षिणी–पूर्वी प्रान्तका अस्पतालमा उपचाररत विद्यार्थीहरुलाई झण्डै १० लाख युआन सहयोग गरे, जो पाँच वर्षसम्म दैनिक दुई युआन (शून्य दशमलव ३० अमेरिकी डलर, शून्य दशमलव २० पाउण्ड स्टर्लिङ्ग) मा बाँच्दै आएका थिए । 

एउटा स्कुले बालक सन् २०१८ मा कपाल र अनुहारभरि हिउँले सेताम्मे भएर विद्यालय आइपुग्दा सबै आश्चर्यमा परेका थिए । ‘लिटिल वाङ्ग’ त्यो बालकको अनुवादित कथा पनि भाइरल भएको थियो, जसको गरिबी देखेर अन्तर्राष्ट्रिय दाताहरुले सहयोग पनि गरे । 

चीनमा गरिबीको सापेक्ष अर्थ छैन, प्रान्तैपिच्छे यसको फरक फरक अर्थ छन् । 

चिनियाँ परिभाषामा वार्षिक दुई हजार तीन सय युआन (३३१ अमेरिकी डलर, २५३ पाउण्ड स्टर्लिङ्ग) कमाइ गर्ने गरिबीको रेखामुनि पर्दैनन् । तर सन् २०१७ मा चीनभरि योभन्दा कम कमाइ गर्ने तीन करोडभन्दा बढी थिए ।  

तर धेरै प्रान्तहरुले भने उल्लेख्य सुधार गरेका छन्, जियाङ्सुको हकमा वार्षिक ६ हजार युआन थियो । यो भनेको दिनको २ दशमलव ४० अमेरिकी डलर बराबर हो, यो विश्व बैंकको अन्तर्राष्ट्रिय गरिबी रेखाभन्दा माथि हो । विश्व बैंकले दैनिक १ दशमलव ९० अमेरिकी डलरभन्दा कम कमाइ गर्नेलाई गरिबीको रेखामा राखेको छ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया