तेहरानमा भएको विमान दुर्घटनामा झुट बोलेको भन्दै सरकारविरुद्ध प्रदर्शन

 पुष २७, २०७६ आइतबार ११:१९:९ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – ईरानको राजधानी तेहराको सडकमा सयौँको सङ्ख्यामा प्रदर्शनकारीहरु प्रदर्शन गरिरहेका छन् । 

युक्रेनको यात्रु बोकेको विमान खसालिएको विषयमा झुट बोलेको भन्दै उनीहरु सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका छन् । ईरानी अधिकारीहरुका विरुद्ध तेहरानको दुई वटा विश्वविद्यालयबाहिर प्रदर्शन भइरहेको बताइएको छ । प्रदर्शनकारीविरुद्ध अश्रृग्यास प्रहार गरिएको सञ्चारमाध्यमहरुले जनाएका छन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो प्रदर्शन प्रेरक भएको बताउँदै समर्थनमा ट्वीट पनि गरेका छन् ।

त्यस्तै अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले प्रदर्शनको समर्थन गरेका छन् । 

यसअघि ईरानले गएको शनिबार विमान दुर्घटनाको तीन दिनपछि गल्ती स्वीकार्दै आफ्नै मिसाइलले यात्री विमान खसेको बताएको थियो । विमान दुर्घटनामा एक सय ७६ जनाकै ज्यान गएको थियो । 

प्रदर्शनकारीहरुले सरकारविरुद्ध नारा लगाउँदै यात्री विमान खसाल्ने जिम्मेवार व्यक्तिलाई कारबाही गर्न माग गरिरहेका छन् । प्रदर्शनकारीहरुले ईरानका सर्वाेच्च नेता कमाण्डर इन चिफ् अयतोल्लाह अली खमेनेईसँग विमान खसाल्ने अधिकारीहरुको राजीनामा र झुट बोल्नेलाई मृत्युदण्डको सजाय दिन माग गरेका छन् । 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया