झुक्किएर युक्रेनी विमान खसालिएकाे इरानी सेनाकाे स्वीकार

 पुस २६, २०७६ शनिबार १३:२३:७ | उज्यालो सहकर्मी
unn.prixa.net

इरानको सेनाले झुक्किएर क्षेप्यास्त्र प्रहार गर्दा युक्रेनी विमानमा लागेर दुर्घटना भएको स्वीकार गरेको छ ।

राष्ट्रपति हसन रुहानीले ट्वीट गर्दै मानवीय गल्तीले विमान खसेको र कहाँ गल्ती भयो भन्ने बारेमा अनुसन्धान भैरहेको बताउनुभएको हो । उहाँले गल्ती गर्नेलाई कारबाही गर्ने बताउनुभएको छ ।

विमान अप्रत्यासित रुपमा संवेदनशिल सैन्य क्षेत्रतिर मोडिएपछि घटना हुन पुगेकाे इरानी सेनाले पनि जनाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

इरानले यसअघि विमान प्राविधिक कारणले आफै दुर्घटना भएको जिकिर गर्दै आएको थियो । गएको बुधबार तेहरान विमानस्थलबाट उडेको युक्रेनको विमान दुर्घटनामा हुँदा १ सय ७६ जनाको ज्यान गएको थियो । 

त्यही बेला इरानले अमेरिकी सैन्य शिविरमा मिसाइल आक्रमण गरेकाले इरानले नै विमान खसालेको अमेरिका, क्यानडा र बेलायतका नेताले आरोप लगाएका थिए ।

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया