निर्वाचन आचारसंहिता आजदेखि लागू

 पुष २७, २०७६ आइतबार १८:१४:१३ | रासस
unn.prixa.net

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको आउँदाे माघ ९ गते हुने चुनावका सन्दर्भमा व्यक्ति, निकाय तथा अधिकारीलाई आइतबारदेखि लागू हुने गरी निर्वाचन आचारसंहिता जारी गरेको छ ।

चुनावलाई स्वच्छ, निष्पक्ष, पारदर्शि तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न जारी भएको निर्वाचन आचारसंहिताको पूर्णरूपमा पालना गर्न/गराउन आयोगले सम्पूर्ण निर्वाचन सरोकार पक्षलाई निर्देश गरेको छ ।

याे आचारसंहिता नेपाल सरकार र मन्त्री, प्रदेश सरकार र पालिका, प्रदेश सरकार र पालिकाका कर्मचारी, सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी, सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारीलाई लागू हुनेछ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा राष्ट्रिय अनुसन्धान विभाग र प्रदेश प्रहरीका कार्यालय तथा सुरक्षाकर्मी, चुनावका काममा संलग्न कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलका भ्रातृ सङ्गठन र उम्मेदवार तथा सम्बन्धित व्यक्तिका हकमा समेत उक्त आचारसंहिता लागू हुनेछ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जारी गर्नुभएकाे प्रेस विज्ञप्तिका अनुसार सार्वजनिक पद धारण गरेका व्यक्ति, पर्यवेक्षक, सरकारी तथा निजी क्षेत्रका सञ्चारमाध्यम, निजी तथा गैरसरकारी संस्था, नेपाल सरकारको अनुदानमा सञ्चालित विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले पनि निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्नुपर्नेछ । 

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया