पश्चिमका पहाडी तथा हिमाली भूभागमा हिउँ र पानी पर्ने सम्भावना

 पुस २८, २०७६ सोमबार ७:२२:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आज पश्चिमका पहाडी र हिमाली भूभागमा हिउँ र पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

साेमबार बेलुकादेखि यी ठाउँमा पश्चिमी वायुको प्रभाव पर्ने हुनाले हिउँ र पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । देशका अरु ठाउँमा भने पश्चिमी वायुको प्रभाव खासै नपर्ने उहाँले बताउनु भयो ।

पूर्व र मध्यका केही ठाउँमा बिहान लागेको कुहिरो १० बजेतिरबाट पातलिँदै गएर दिउँसो सामान्य बादल लाग्ने सम्भावना छ । तर तराईका भेगमा भने साेमबार दिनभर कुहिरो लाग्ने मौसमविद्ले बताएका छन् ।

कुहिरोसँगै चिसो हावा पनि चल्ने भएकाले सावधानी अपनाउन मौसम पुर्वानुमान महाशाखाले आग्रह गरेको छ । पश्चिमी वायुको प्रभाव मङ्गलबार बेलुकासम्म देखिने हुनाले पश्चिमका उच्च पहाडी र हिमाली भेगमा भने बुधबारदेखि फेरि मौसम खुल्दै जाने महाशाखाले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया