अन्नपूर्ण आधारशिविरमा हराएका पाँचै जनाको पहिचान खुल्यो

 माघ ४, २०७६ शनिबार १३:४३:१८ | सुमन गुरुङ
unn.prixa.net

कास्की - अन्नपूर्ण आधारशिविर (एबिसी) को पदमार्गमा हिमपहिरोमा हराइरहेका पाँचै जनाकाे परिचय खुलेकाे छ ।

हिमपहिरोमा कोरियन पर्यटकहरुम ३८ वर्षीया चोई ह्यो वन, ५३ वर्षीया किम सूक जा, ५७ वर्षीय ली मिन सु र ५९ वर्षीय जियोङ पिल बोङ तथा नेपाली गाइड सरोज परियार रहेकाे टान पश्चिमाञ्चलका अध्यक्ष हरि भुजेलले जानकारी दिनुभयो । 

उनीहरु काठमाण्डौको ट्रिप नेपाल मान्टेन गाइड नामक कम्पनीबाट टिम्स शुल्क काटेर अन्नपूर्ण बेस्क्याम्प तर्फ गएका थिए । ३ दिने पदयात्रा सुरु गरेका कोरियाली पर्यटक यात्रा गरेको दोस्रो दिनदेखि बेपत्ता हुन् । उनीहरुको उद्धारको लागि प्रहरी, गाइड र स्थानीयहरु त्यस क्षेत्रमा पुगिसकेका छन् ।

उद्धारका लागि मौसम सफा भएपछस  हेलिकप्टरसहित उद्धार टोली प्रस्थान गरिसकेको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया