प्रदेश १ मा थपिएका चार राज्यमन्त्रीद्वारा शपथग्रहण

 माघ ५, २०७६ आइतबार १७:२३:४५ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ - प्रदेश १ मा नयाँ नियुक्त भएका चार राज्यमन्त्रीहरुले शपथ लिएका छन् ।

नव-नियुक्त राज्यमन्त्रीहरुलाई प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले शपथ ग्रहण गराउनु भएकाे हाे ।

नव-नियुक्त राज्यमन्त्रीहरुमा सामाजिक विकास राज्यमन्त्री जसमायाँ गजमेर, भौतिक पुर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ, उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री विजय बिस्वास र भूमि ब्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा रामबहादुर मगर हुनुहुन्छ । 

प्रदेश प्रमुखको कार्यालयमा आयोजित शपथ ग्रहण समारोहमा  प्रदेश सरकारका मन्त्री, सांसद, प्रमुख प्रतिपक्षी दलका नेता तथा प्रदेशका सचिव र नेताहरुको उपस्थिती रहेको थियो ।

२०७४ फागुन २ गते प्रदेश-१ को पहिलो मन्त्रिमण्डल गठन भएको थियो । मुख्यमन्त्री शेरधन राईसहित, आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की, आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बो, सामाजिक विकास मन्त्री जीवन घिमिरे, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदिश कुसियैत लगायतका मन्त्रीहरु पहिलो पटक प्रदेश सरकारमा आउनुभएकाे हाे । 

त्यसयता  विभिन्न समयमा मन्त्रिपरिषद्  विस्तार गर्ने तथा मन्त्रीहरु थप्ने बताउँदै आउनुभएका मुख्यमन्त्रीले २३ महिनापछि मन्त्रिमण्डल विस्तार गर्नुभएकाे हाे ।   

अन्तिम अपडेट: फागुन ३०, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया