सिन्धुपाल्चाेककाे बाह्रबिसे बजारमा लगाइएकाे निषेधाज्ञा हट्याे

 माघ ६, २०७६ सोमबार ८:४:५ | उज्यालो सहकर्मी
unn.prixa.net

सिन्धुपाल्चाेक – सिन्धुपाल्चोकको बाह्रबिसे बजार क्षेत्रमा लगाइएको निषेधाज्ञा हटाइएको छ ।

आइतबार बेलुका ९ बजे जिल्ला प्रशासन कार्यालय, नगरपालिका, विभिन्न वडाका प्रतिनिधि र स्थानीय बासिन्दाबीच घरटहरा हटाउने विषयमा समिति गठन गर्ने सहमति भएपछि निषेधाज्ञा हटाइएकाे हाे । 

समितिले एक हप्ताभित्र तयार पार्ने प्रतिवेदनका आधारमा अगाडि बढ्ने निर्णय भएपछि अहिले अवस्था सामान्य रहेकाे सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक (डीएसपी) माधव काफ्लेले जानकारी दिनुभयो ।

समितिले प्रतिवेदन नबुझाउन्जेलसम्म घरटहरा भत्काउने काम रोकिने निर्णय पनि भएको छ । नगरपालिकाले अतिक्रमित घरटहरा भत्काएपछि त्यसको समर्थन र विरोधमा विवाद बढ्दै गएपछि बाह्रबिसेको बजार क्षेत्रमा आइतबार निषेधाज्ञा जारी गरिएको थियो । 

अन्तिम अपडेट: माघ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया