पहिलाे हाफमा नेपाल र म्यानमारबीच २–२ गाेलकाे बराबरी
फागुन ११, २०८१ आइतबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले सङ्घीय कर्मचारीहरूलाई एक हप्ताका उपलब्धिहरू पठाउन वा राजीनामा दिन निर्देशन दिएको छ ।
एलन मस्कको नेतृत्वमा रहेको सरकारी दक्षता विभागले कर्मचारीहरूलाई इमेल पठाएर यस्तो निर्देशन दिएको बीबीसीले जनाएको छ । मस्कले कर्मचारीको अघिल्लो हप्ताको प्रगति बुझाउनका लागि चाँडै इमेल पठाउने भनेर सामाजिक सञ्जाल एक्समा लेखेको केहीबेरमा कर्मचारीहरूले इमेल पाएका हुन् । मस्कले उत्तर दिन असफल भएमा त्यसलाई राजीनामाका रूपमा लिइने उल्लेख गर्नुभएको छ ।
मस्कले सरकारी खर्च कटौतीका लागि कोषहरूलाई निलम्बन गर्ने तथा कर्मचारीहरूलाई हटाउने प्रयासको नेतृत्व गर्दै आउनुभएको छ । कर्मचारीहरूलाई पठाएको इमेलमा ५ वटा बुँदामा गएको हप्ता कर्मचारीहरूले गरेका काम तथा उपलब्धिबारे उल्लेख गर्न भनिएको छ ।
यसैबीच सङ्घीय कर्मचारीहरूको प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो कर्मचारी युनियनले इमेल पठाउने कामलाई क्रूर र अनादरपूर्ण भनेर आलोचना गरेको छ । युनियनका अध्यक्ष एभरेट केलीले विज्ञप्ति निकालेर मस्क र ट्रम्पले सङ्घीय कर्मचारी र उनीहरूको सेवालाई अवहेलना गरेको उल्लेख गर्नुभएको छ ।
अर्बपति मस्कको नेतृत्वमा रहेको सरकारी दक्षता विभाग आधिकारिक सरकारी निकाय होइन । तर ह्वाइट हाउसको स्वीकृतिमा अमेरिकी सङ्घीय पूर्वाधारहरूमा व्यापक परिवर्तनहरू गरिरहेको छ । आन्तरिक राजस्व सेवा, पेन्टागन र सङ्घीय उड्डयन प्रशासनलगायतका अन्य कैयौं निकायहरूबाट हजारौं सरकारी कर्मचारीलाई बर्खास्त गरिसकेको छ ।
मस्कले सन् २०२२ मा ट्विटर (अहिलेकाे एक्स) किनेपछि कर्मचारीहरूलाई गरेको जस्तै व्यवहार अहिले अमेरिकाका सङ्घीय कर्मचारीहरूलाई भइरहेको बीबीसीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।