माेरङमा बम विस्फाेट, तीन वटा एक्स्काभेटरमा आगजनी

 माघ ६, २०७६ सोमबार १०:४७:३७ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ –  मिक्लाजुङ गाउपाँलिकाकाे रमितेमा आइतबार राति बम विस्फाेट भएको छ ।

निर्माणाधीन मिक्लाजुङ–आइतबारे सडक निर्माणका लागि राखिएका ३ वटा एक्स्काभेटरमा विस्फाेट भएकाे भन्ने जानकारी प्राप्त भएकाे मिक्लाजुङ गाउँपालिकाकी उपाध्यक्ष सरला राईले जानकारी दिनुभयाे । 

प्रदेश नम्बर १ सरकारले ५८ करोड ५६ लाख रुपैयाँ बजेटमा ठेक्का स्वीकृत गरेर सडक कालो पत्रे गर्ने क्रम जारी रहेको थियो ।  सडक चौडा गर्दै सुके आहालको साकेला मेला लाग्ने ठाउँमा पुगेको तीन वटा एक्स्काभेटरमा बम हानेर ध्वस्त पारिएकाे जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

विस्फाेट कसले र किन गरेकाे भन्ने बारे खुल्न सकेको छैन । सडक निर्माणको क्रममा कसैले चन्दा मागेको हुन सक्ने र नदिएपछि रिसिभीले विस्फाेट गराएकोे हुनसक्ने प्रहरीको अनुमान छ ।

अन्तिम अपडेट: फागुन २९, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया