प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री माेदीद्वारा 'स्विच' थिचेर एकीकृत चेक पाेस्टकाे उद्घाटन

 माघ ७, २०७६ मंगलबार ११:५९:३७ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ – प्रदेश १ मा विराटनगर महानगरपालिकाको भेडियारीमा निर्माण भएको एकीकृत चेक पाेस्ट (आईसीपी) काे मङ्गलबार उद्घाटन भएकाे छ । 

नेपाल–भारतको संयुक्त लगानीमा विराटनगरमा निर्मित आईसीपीको प्रधानमन्त्री केपी ओली र भारतीय प्रभानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा उद्घाटन गर्नु भएकाे हाे । आज बिहान ११ बजेकाे समयमा भिडियाे कन्फ्रेन्समार्फत दुवै प्रधानमन्त्रीले 'स्वीच अन' गरेर आईसीपीकाे उद्घाटन गर्नुभयाे । 

प्रधानमन्त्री ओलीले काठमाण्डाै र नरेन्द्र मोदीले दिल्लीबाट भिडियोमार्फत् आईसीपीकाे उद्घाटन गर्नु भएकाे हाे । आयात तथा निर्यात पारवहन सहज बनाउन विराटनगर महानगरपालिका १८ मा निर्मित आईसीपी सञ्चालनका लागि तयार भइसकेकाे छ । 

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ‌ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीलाई नेपाल भ्रमणकाे निम्ता दिनुभयाे । साथै माेदीले दुई देशबीचकाे सम्बन्धकाे आयामलाई कायम राख्नु पर्ने बताए । 

सन् २०१७ मा भारतको गुजरात राज्यकाे दिनेशचन्द्र आर अग्रवाल इन्फ्राकन प्रालीले आईसीपीको निर्माणको ठेक्का पाएसँगै काम सुरु भएकाे थियो । एक अर्ब १४ करोड भारतीय रुपैयाँको लागतमा इन्फ्राकनले आईसीपी निर्माण सम्पन्न गरेको जनाएको छ । सन् २०१८ भित्रै निर्माण सक्नुपर्ने सम्झौता भए पनि सम्झौता अनुसार काम भने भएन ।     

आईसीपी एक सय २९ बिघा क्षेत्रफलमा फैलिएको छ । आईसीपी परिसरबाहिर ४० बिघा जमिन छ । त्यसबाट दुई लेनको सडक र पछि आवश्यकताअनुसार ६ लेनसम्मको बनाइनेछ । सीमाको दसगजालाई आधार बनाएर आईसीपी निर्माण गरिएको हो ।

नेपाल भित्रने पयर्टकीय सवारी, मालवाहक सवारी भारतीय जाँच केन्द्र हुँदै नेपाली जाँच केन्द्रमा प्रवेश गर्नेछ । यी सवारीलाई धर्मकाँटामा राखेर नापतौल गरिन्छ र पार्किङ प्लटमा सवारी व्यवस्थापन गरिन्छ । त्यही क्षेत्रमा भन्सार राखिने भएकाले त्यहीँबाट उद्योगीले सवारीसाधन आफू अनुकूल बाहिर निकाल्न सक्ने छन् । 

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया