पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
कास्की – गण्डकी प्रदेशका सांसद राजीव गुरुङ (दीपक मनाङे) द्वारा कास्की जिल्ला फुटबल सङ्घका अध्यक्षमाथि हातपात भएकाे छ ।
पोखरा महानगरपालिका २९ भण्डारढिकमा मङ्गलबारदेखि सञ्चालन भएको मुख्यमन्त्री कप खेलको उद्घाटनअघि सांसद गुरुङद्वारा अखिल नेपाल फुटबल (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङमाथि मुक्का र लात्ती प्रहार भएकाे हाे ।
मिलन गुरुङ मुख्यमन्त्री कपको कोषाध्यक्ष समेत हुन् । मनाङबाट सहभागी डाँफे युवा क्लबको व्यवस्थापनका विषयमा पाँच मिनेटजति वादविवाद भएपछि प्रदेश सभा सदस्य गुरुङले 'लात्ती तथा मुक्का प्रहार' गर्दै हातपात गरेकाे अध्यक्षले बताए ।
दुई जनाबीच नियमअनुसार सहभागी टोलीलाई खेलको एक दिनअघि र एक दिनपछि मात्र आयोजकले व्यवस्था गर्ने र अरु बेला सहभागी टोलीले गर्नुपर्ने नियम अनुसार नै गरिए पनि प्रदेश सभा सदस्य गुरुङले आफूलाई हातपात गरेको अध्यक्ष गुरुङले बताए । सांसद जस्तो व्यक्तिले नबुझिकन हातपात गरेकोमा अध्यक्षकाे आपत्ति छ ।
यसैबीच सांसद गुरुङले एन्फा अध्यक्ष गुरुङलाई झापड हानेको स्वीकार गर्नु भएकाे छ । ‘मुख्यमन्त्री कपका लागि गाउँबाट आएका खेलाडीलाई मैदान पनि उपलब्ध नगराएको र होटलको व्यवस्था पनि नमिलाएकोले सम्झाएको हुँ’, गुरुङकाे भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।