हिउँमा हराएका तीन नेपाली र चार काेरियाली पर्यटक 'हिउँमै पुरिएको' आशङ्का

 माघ ८, २०७६ बुधबार १०:१७:१० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फोटो

कास्की – अन्नपूर्ण पदमार्गमा हराएकाहरु हिउँमै पुरिएको आशङ्का गरिएको छ ।

कोरियाली उद्धार टोलीले ल्याएको प्रविधिले बेपत्ता भएकाहरु हिउँमै पुरिएको सङ्केत गरेको  पर्वतीय पदयात्रा पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सी एसोसियशन अफ् नेपाल (टान( पश्चिमाञ्चलका अध्यक्ष  हरि भुजेलले बताउनु भयो ।

‘कोरियन उद्धार टोलीले ल्याएको ‘मेटल डिटेक्टर’ ले चेक गर्दा सकारात्मक रिजल्ट आएको छ’ उहाँले भन्नुभयो, ‘मेटल डिटेक्टरले मानिसले बोकेको झोला मोबाइलको ‘डिटेक्ट’ गरेको आधारमा आशङ्का गरिएको हो’ । 

यद्यपि पत्ता लागेको ठाँउहरुमा मानिसबाट छोडिएका झोला, मोबाइल अथवा अन्य कुनै धातुजन्य वस्तुमात्रै पनि हुन सक्ने भुजेलको भनाइ छ । ‘मेटल डिटेक्टर’ ले पत्ता लगाएको ठाँउमा रातो रिबन राखेर सङ्केत गरिएको छ ।  

प्रविधिले पत्ता लगाएको ठाउँमा बेपत्ता भएकाहरुको खोजी गर्न हिउँ उत्खननका लागि नेपाली सेनाको तालिम प्राप्त १५ जनाको टोली हेलिकोप्टरमार्फत देउरालीमा अवतरण गरिसकेका छन् । 

गएको शुक्रबार भएको हिमपात र हिमपहिरोको कारण बेपत्ता भएका तीन नेपाली र चार कोरियाली पर्यटकसहित सात जनाको खोजी कार्य भइरहेको छ । 
त्यो क्षेत्रमा अत्यधिक हिउँ परेको कारण पग्लन समय लाग्ने बताइएको छ । 

अन्तिम अपडेट: माघ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया