डिजिटल प्रविधिमा पहुँच बढाउन विद्युतीय सुशासन ब्लुप्रिन्टको मस्...
फागुन १३, २०८१ मंगलबार
काठमाण्डाै - विश्वका विभिन्न देशहरुबाट नेपाल भ्रमणमा आउने पर्यटकले अब एनसेलको नयाँ योजना‘टुरिष्ट सिम’ लिन सक्ने भएका छन् ।
याे याेजना भ्रमण वर्ष २०२० को अवसरमा ल्याइएको र माघ ८ गते बुधबार अर्थात् आजबाट सञ्चालनमा आएको कम्पनीले जनाएकाे छ ।
यस योजनाअन्तर्गत भ्रमणमा आएका विदेशी पाहुनाले सजिलै टुरिष्ट सिम लिएर सबै नेटवर्कमा कल गर्न मिल्ने अल नेटवर्क टक टाइम र डेटा बण्डलिङ्ग गरिएको प्याकहरु लिन सक्छन्।
नेपाल भ्रमणमा आएका कुनै पनि पर्यटकले कर सहित एक सय रुपैयाँमा टुरिष्ट सिमसहितको स्टार्टर प्याक लिन सक्छन् । यो प्याकमा पर्यटकले ३० रुपैयाँकाे मेन ब्यालेन्स र तीनदिन समयावधि भएको १ जीबी डेटा पाउँछन् ।
यो सिममा पे एज यु यो रेट भने लागु नहुने जनाउँदै पर्यटकहरुले आफ्नो नेपालको बसाइ र सेवाको आवश्यकता बमोजिम अल नेटवर्क भ्वाइस र डेटा सेवा बण्डल गरिएको तीन देखि तीस दिनसम्म समयसीमा रहेका विभिन्न पाँच प्याकमध्ये कुनै एक प्याक लिन सक्ने कम्पनीले जनाएकाे छ ।
पर्यटकहरुको सञ्चार सेवाको आवश्यकतालाई ध्यानमा राखेर तयार पारिएका कम्बो प्याकहरुमा तीनदिने प्याकको कर सहित रु २९० पर्दछ र यसमा ३० मिनेट अल नेटर्वक भ्वाईस र ३ जिबी डेटा भोल्युम रहेको हुन्छ ।
७जिबी डेटा र ७० मिनेट अल नेटवर्क भ्वाईस रहेको ७दिने प्याकको कर सहित रु ४९० तोकिएको छ भने कर सहित रु ९८० पर्ने १४ दिने प्याकमा पर्यटकले १४ जिबी डेटा र १४० मिनेट अल नेटवर्क भ्वाईस बण्डल गरिएको प्याकलिन सक्छन् ।
अलिलामो समयको लागि नेपाल भ्रमणमा आउने पर्यटकले २८ दिने प्याक वा ३० दिने कम्बो प्याकलिन सक्छन् । २८ दिने प्याकअन्तर्गत पर्यटकले कर सहित रु १,४७० मा २८ जिबी डेटा र २८० मिनेट अल नेटवर्क भ्वाईस सेवाप्राप्त गर्नेछन् । त्यसैगरी ३० दिने प्याकअन्तर्गत कर सहित रु २,८८८ मा ८८ जिबी डेटा र ८८८ मिनेट अल नेटवर्क भ्वाईस सेवा पाउनेछन् ।
सिम र सेवा कसरी लिने?
पर्यटकले ‘टुरिष्ट सिम’ योजनाको कम्बो प्याक सिम लिएपछि एस्ट्रिक्स१७१०५ह्यास डायल गरी प्राप्त निर्देशनअनुसार गर्न सक्नेछन् ।
विश्वका विभिन्न देशहरुबाट नेपाल भ्रमणमा आउने पर्यटकहरुका लागिअल नेटवर्क टक टाइम रहेको भ्वाइस र डेटा सेवा बण्डल गरी नयाँ ‘टुरिष्ट सिम’ योजना संचालनमाल्याउनपाएकोमा कम्पनिहर्षित रहेको एनसेलले जनाएको छ ।
नेपाल भ्रमण वर्ष २०२० को अवसरमा संचालनमा ल्याइएको यो योजनाले नेपाल भ्रमणमा रहने विदेशी पाहुनाहरुको सञ्चार सेवाको आवश्यकतालाई सहज रुपमा सुलभ दरका साथ सम्बोधन गर्ने विश्वास एनसेलले लिएको छ ।
टुरिष्ट सिम एनसेलका एनसेल सेन्टरहरु, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको एनसेल काउण्टर र देशका विभिन्न भागमा रहेका ९० वटा पोइन्ट अफ सेल्सहरुबाट लिन सकिनेछ । यो सिम लिन पर्यटकले आफ्नो एक थान पासपोर्ट साइजफोटो र पासपोर्टको फोटो कपि बुझाउनु पर्दछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।