सोनाम ल्होसार पर्वका अवसरमा धनगढीमाई नगरपालिकामा शुक्रबार सार्वजनिक बिदा

 माघ ८, २०७६ बुधबार १९:९:३ | रासस
unn.prixa.net

सिरहा - तामाङ समुदायको महान् पर्व सोनाम ल्होसारका अवसरमा सिरहाको धनगढीमाई नगरपालिकाले माघ १० गते शुक्रबार बिदा दिएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्रनाथ शर्माले बुधबार विज्ञप्ति जारी गर्दै माघ ११ गते शनिबार सोनाम ल्होसार पर्व परेकाले अघिल्लो दिन बिदा दिइएको जानकारी दिनुभयो । 

सोनाम ल्होसार पर्वका अवसरमा शुक्रबार नगरपालिका र वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालयलगायत सम्पूर्ण सरकारी कार्यालयमा बिदा दिइएको विज्ञप्तिमा उल्लेख छ । यस नगरक्षेत्रमा तामाङ समुदायको बसोबास रहेको छ । 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया