डिजिटल प्रविधिमा पहुँच बढाउन विद्युतीय सुशासन ब्लुप्रिन्टको मस्...
फागुन १३, २०८१ मंगलबार
काठमाण्डौ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई पार्टीमा निरीह भएर बस्नुभन्दा नेकपामा मिल्न आग्रह गर्नुभएको छ ।
बुधबार आफ्नै निवास खुमलटारमा समाजवादी पार्टीका केही कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउने क्रममा अध्यक्ष दाहालले अप्ठेरो स्थितिमा निरीह भएर बस्नुभन्दा नेकपामा मिल्न आउन आग्रह गर्नुभएको हो । उहाँले समाजवादीका अर्का अध्यक्ष उपेन्द्र यादवलाई समेत धेरै झमेला गर्नुभन्दा आफूहरुसँगै नेकपमा आउन आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘आशोक राई, बाबुराम भट्टराई त्यहाँ निरीह भएर बस्नुपरेको अवस्था छ । अप्ठ्यारो स्थितिमा हुनुहुन्छ भने अब धेरै झमेला नगर्नुहोस् । यहीँ मिल्नै आए बरु राम्रो हुन्छ ।’
अध्यक्ष प्रचण्डले देशलाई सबैमिलेर स्थीरता र समृद्धि दिनुपर्ने र जनतालाई विकासको नयाँ युगतिर लैजान अब अलग-अलग चुलो चौका लगाएर नहुने समेत बताउनुभयो ।
कार्यक्रममा वरिष्ठ नेता माधवकुमार नेपालले देशको स्वतन्त्रता जोगाउन, राष्ट्रिय स्वाभिमानको रक्षा गर्न, सामाजिक आर्थिक र सांस्कृतिक रुपान्तरणको निम्ती समाजवादको दिशामा मुलुकलाई लैजान नेकपाले मात्रै सक्ने बताउँदै पार्टी प्रवेश गर्नेहरुलाई स्वागत गर्नुभयो । उहाँले अन्य पार्टीहरु नामका निम्ति मात्र खडा गरिएका पार्टी मात्र भएकोसमेत बताउनुभयो ।
अध्यक्ष प्रचण्डले केही महिनायता विभिन्न पार्टीबाट नेकपामा प्रवेश गर्ने कार्यकर्ताहरुलाई धुम्बाराही र पेरिसडाँडामा पार्टी कार्यालय रहे पनि आफ्नै निवासमा कार्यक्रम गरी पार्टी प्रवेश गराउँदै आउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।