डिजिटल प्रविधिमा पहुँच बढाउन विद्युतीय सुशासन ब्लुप्रिन्टको मस्...
फागुन १३, २०८१ मंगलबार
रसुवा – रसुवागढी नाकाबाट नेपाल प्रवेश गर्ने पर्यटकको स्वास्थ्य परीक्षण गरिने भएको छ ।
जिल्ला सुरक्षा समितिको बुधबार बसेको बैठकले नाकाबाट पर्यटकको आवागमन बढ्दै गएको र चीनमा फैलिइ रहेकाे कोरोना भाइरस भित्रने जोखिम बढेको कारण स्वास्थ्य परीक्षण गर्नुपर्ने निर्णय गरेको हो ।
चीनमा पछिल्लो समय महामारीको रूपमा कोरोना भाइरस फैलिएको कारण त्यहाँबाट नेपाल आउने पर्यटकमा यसको सङ्क्रमण हुन सक्ने भन्दै परीक्षण गर्न लागिएको हो ।
नाकामा रहेको हेल्थ डेक्सबाट तीन दिनभित्र सेवा सुरु गर्नका लागि जिल्ला अस्पताल र स्वास्थ्य कार्यालय रसुवालाई अनुरोध गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनु भयो ।
याे भाइरसका कारण १७ जनाकाे ज्यान गइसकेकाे छ भने पाँच सयभन्दा बढी सङ्क्रमित भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।