गाडी स्टार्ट नहुने समस्याको समाधान : एक्साइड ब्याट मोबाइल सर्भिस

 माघ ९, २०७६ बिहिबार १५:१०:३२ | मल्लिका थापा
unn.prixa.net

काठमाण्डाै - चार्ज गर्नदेखि बत्ती र संकेत बत्तीहरु बाल्न, एसी चलाउन, गाडीका विभिन्न पार्टहरु चलाउनको लागि ब्याट्रीको प्रयोग गरिन्छ । बजारमा पाइने ब्याट्री छनौट वा प्रयोग गर्दा ध्यान दिन जरुरी छ । 

नेपालमा सन् २००० देखि यो ब्याट्री विक्री वितरण हुँदै आइरहेको छ । देशकै प्रतिष्ठित कम्पनीमध्येको सिप्रदी ट्रेडिङले एक्साइड ब्याट्री नेपाल भित्र्याएको हो । एक्साइडको सेवा, सुविधामा  ब्याट मोबाइल सर्भिसबारे  सिप्रदीको एक्साइड ब्याट्रिज नेपालका डेप्युटी म्यानेजर आशिष रानाभाटसँग उज्यालो सहकर्मी मल्लिका थापाले गर्नुभएको  कुराकानी :

एक्साइड ब्याट्रीको ब्याट मोबाइल सर्भिस भनेको के हो ?

एक्साइडले दिन प्रतिदिन आफ्नो सेवा तथा सञ्जाल फैलाउँदै गैरहेको छ । नेपालभरि सञ्जाल फैलिएका कारण जहाँ गए पनि एक्साइड ब्याट्री उपलब्ध हुन्छ । हामी बिक्री पछिको सेवामा केन्द्रित छाैँ। सर्भिसको लागि सबै जिल्लामा हाम्रो सर्भिस स्टेसनहरु छन् । तर ब्याट मोबाइल सर्भिस काठमाण्डौसँगै पोखरा, वीरगञ्ज, इटहरी र नारायणगढमा उपलब्ध छ । 

सन् २००७ देखि सुरु भएको यो कार्यक्रम अनुसार कसैको चारपांग्रे गाडीमा ब्याट्रीमा समस्या आएर ग्राहकले कम्पनीमा जानकारी गराएको खण्डमा हाम्रा प्रतिनिधि गएर निःशुल्क ब्याट्री जाँच गर्छन् । यसको लागि सुरुमा केही वर्ष मोबाइल भ्यानमार्फत सेवा उपलब्ध गराइरहेका थियाैँ भने अहिले ग्राहकहरुलाई छिटो छरितो होस् भनेर स्कुटरमार्फत पनि सेवा दिईरहेका छौँ ।

ब्याट मोबाइल सर्भिस अन्तर्गत कस्ता सेवा पर्छन् ?

एक्साइड कम्पनीसँग हरेक किसिमको ब्याट्री छ । सिप्रदीले खासगरी अटोमोटिभ क्षेत्रका सबै गाडीलाई लाग्ने, ई–रिक्सामा लाग्ने, यूपीएसमा लाग्ने, सोलारमा लाग्ने ब्याट्री ल्याउँछ ।

नेपालमा चाहिने सबै प्रकारका ब्याट्री हामीसँग छ । तर ब्याट मोबाइल सर्भिस मुख्यतया ग्राहकको गाडीमा ब्याट्रीको कारण आएको समस्या समाधान गर्ने कुरामा केन्द्रित छ । 

गाडी स्टार्ट नहुने तर तुरुन्ट स्टार्ट गनुपर्ने, चलाउँदा चलाउँदै गाडी रोकिने, आवश्यक ठाउँमा गाडीको बत्ती नबल्ने जस्ता समस्या भएमा कम्पनीमा जानकारी आएको आधा घण्टाभित्र हामी सेवा दिने प्रयास गर्छौं ।

कम्पनीबाट गएका प्रतिनिधिले अत्याधुनिक प्रविधियुक्त मेसिनबाट ब्याट्री जाँच गरी ब्याट्री बिग्रिएको, चार्ज गर्नुपर्ने अवस्था रहेको वा के गर्नुपर्ने हो तुरुन्त स्थिति प्रिन्ट आउट गरी ग्राहकलाई दिन्छन् । यसलाई हामी ब्याट्रीको स्वास्थ्य परीक्षण पनि भन्न सक्छौँ ।

यो सेवा लिनको लागि  ग्राहकले आफ्नो गाडीमा आएको समस्याबारे  कसरी जानकारी गराउन सक्छन् ?

एक्साइड ब्याट्रीका ग्राहकसँगै गाडीमै फिट भएर आएका अरु ब्राण्डका ब्याट्री प्रयोगकर्ता कसैको गाडी स्टार्ट भएन भने हाम्रो टोल फ्री नम्बर १६६००१५५७७७ र हट लाइन नम्बर ४२४४४७५ मा फोन गरेर कुन ठाउँमा गाडी छ र कुन ब्याट्री प्रयोग भएको छ भन्ने जानकारी दिन सकिन्छ ।

आइतबारदेखि शुक्रबारसम्म बिहान ६ बजेदेखि बेलुकी ९ बजेसम्म र शनिबार बिहान साढे नाै बजेदेखि बेलुकी साढे पाँच बजेसम्म हाम्रा प्रतिनिधि गएर निःशुल्क जाँच गर्नुहुन्छ ।

ब्याट मोबाइल सर्भिस अन्तर्गत एक्साइड ब्याट्रीका ग्राहकलाई भने विशेष प्राथमिकता दिइन्छ । उहाँहरुलाई ब्याट्रीको स्वास्थ्य परीक्षणसँगै वारेन्टी छ भने ब्याट्री परिवर्तन गर्ने सुविधा र ब्याट्री चार्ज गनुपर्ने अवस्थामा थप ब्याट्री उपलब्ध गराउने व्यवस्था छ ।

गाडीको ब्याट्रीको सुरक्षा कसरी गर्न सकिन्छ ?

सबैभन्दा पहिले त ब्याट्री किन्दा नै ब्याट्रीको गुणस्तरलाई ध्यान दिनुपर्छ । त्यो ब्याट्री कुन कम्पनीको हो र यसलाई कसले बेच्दैछ भन्ने कुरा महत्वपूर्ण हुन्छ । ब्याट्री तोकिएको समयभन्दा पहिले बिग्रिएमा वा केही समस्या आएमा ग्राहकले ढुक्कसँग समाधान गराउन सकिने विश्वासिलो ठाउँमा गएर मात्र ब्याट्री किन्नु राम्रो हुन्छ । 

ब्याट्री किनेपछि वारेन्टी, ग्यारेन्टीको व्यवस्था छ कि छैन, केही समस्या आए समाधानका लागि कुन–कुन स्थानमा सम्पर्क गर्न सकिन्छ भन्ने जस्ता जानकारी लिनुपर्दछ । 

त्यसपछि यसको हेरचाह अनि सुरक्षाको कुरा आउँछ । ब्याट्रीको हेरचाह गर्दा बेला–बेलामा ब्याट्रीको अवस्था के कस्तो छ भनेर जाँच गरिरहनुपर्छ । धेरै ब्याट्रीहरुमा इण्डिकेटरहरु हुने गर्छन् । जसमा हरियो, रातो र सेतो रङ हुन्छ । 

यदि तपाईँको ब्याट्रीको इन्डिकेटरमा हरियो रङ छ भने ब्याट्री ठिक छ भन्ने संकेत गर्छ । ब्याट्रीको इन्डिकेटरमा सेतो छ भने ब्याट्रीमा चार्ज गर्नुपर्ने र रातो रङको इन्डिकेटरले डिस्टिल्ड वाटर थप्नुपर्ने भन्ने जनाउँछ ।  त्यसैले ब्याट्रीमा सधैँ यी संकेतहरुको जाँच गरिराख्नु पर्दछ ।

ब्याट्रीलाई सुरक्षित राख्न समय समयमा ब्याट्रीको तार जोडिएको ठाउँमा सफा गर्ने र त्यो ठाउँमा पेट्रोलियम जेल लगाएर राख्नुपर्दछ । अनि डिस्टिल्ड अथवा डि आयोनाईज वाटर थप्नुपर्छ । किनकि यसले तार जोडिएको ठाउँमा स्पार्क अथवा झिल्काहरु निस्कन दिँदैन । तार जोडिएको ठाँउमा ढुसीजस्तो पदार्थ हुन सक्ने र सर्ट सर्किट हुन सक्नेजस्ता खतराबाट यसले बचाउँछ ।

अन्तिम अपडेट: चैत १, २०८०

मल्लिका थापा

थापा उज्यालाेमा कार्यरत हुनुहुन्छ ।

1 Comments

  • Ashish Ranabhat

    Jan. 23, 2020, 8:52 p.m.

    ब्याट्रीलाई सुरक्षित राखन समय समयमा ब्याट्रीको तार जोडिएको ठाउँमा सफा गर्ने र त्यो ठाउँमा जेल वा ग्रिज लगाएर राख्नुपर्दछ । ....... Servicing time Use petrolium jelly to terminals and top up distilled or de-ionized water only.

  •  0 Reply

तपाईको प्रतिक्रिया