डिजिटल प्रविधिमा पहुँच बढाउन विद्युतीय सुशासन ब्लुप्रिन्टको मस्...
फागुन १३, २०८१ मंगलबार
काठमाण्डाै – सशस्त्र प्रहरी बलका प्रमुख (आईजीपी) शैलेन्द्र खनालले सङ्गठनभित्र नीतिगत भ्रष्टाचार र आर्थिक अनियमितता गर्ने कसैलाई छुट नहुने बताउनु भएको छ ।
१९औँ सशस्त्र प्रहरी स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा खनालले सङ्गठनभित्र सुधार गर्नुपर्ने बताउनु भएको हो । सङ्गठनमा राम्रा काम गर्नेलाई उचित पुरस्कार दिने र भ्रष्ट आचरणका कर्मचारीलाई कडाभन्दा कडा कारबाही गर्ने गरिने नीतिअनुरुप सबैलाई जिम्मेवार र जवाफदेही बन्न निर्देशन समेत दिनुभयो ।
आईजीपी खनालले सङ्गठनको मूल्य, मान्यता र आचरणविरुद्धको काम गर्ने एक हजार दुई सय ९७ जना कर्मचारीलाई कारबाही गरिएको समेत जानकारी दिनुभयो ।
आफ्नो कार्यकालमा सङ्गठनभित्र राम्रो काम गर्ने पाँच सय २१ जना कर्मचारीलाई पुरस्कृत पनि गरिएको उहाँले बताउनु भयो । खनालले राम्रा कामहरु गर्दा आइपर्ने कठिनाइहरुको जवाफदेहिता लिन सङ्गठन प्रमुखको हैसियतले आफू सधै तयार रहेको धारणा व्यक्त गर्नुभयाे ।
१९औँ सशस्त्र प्रहरी स्थापना दिवसका अवसरमा सङ्गठनभित्र उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।