वाग्मती प्रदेशको बिदा सङ्घीय कार्यालयहरुमा लागू नहुने

 माघ १०, २०७६ शुक्रबार ८:४१:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – वाग्मती प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । तामाङ समुदायको सोनाम ल्होछारको अवसरमा वाग्मती प्रदेश सरकारले प्रदेशमा बिदा दिएको हो ।

तर यो विदा काठमाण्डौ उपत्यकाका काठमाण्डौ, भक्तपुर र ललितपुरका सङ्घीय कार्यालयहरुमा भने लागू नहुने गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिनुभयो । काठमाण्डौ उपत्यका बाहिर भने प्रदेश तथा पालिकाले दिने बिदा सबै कार्यालयमा लागू हुन्छ । 

गएको वर्ष चैतमा बसेको केन्द्र सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारले दिएको बिदा काठमाण्डौ उपत्यकाका तीन वटा जिल्लाका सङ्घीय कार्यालयहरुमा लागू नहुने निर्णय गरेको थियो ।

मन्त्रालयहरु, जिल्ला प्रशासन कार्यालय, अदालत, प्रहरी कार्यालय, हुलाक, कारागार, सरकारी वकिलको कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, जिल्ला समन्वय समिति, जिल्ला निर्वाचन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय लगायतका कार्यालयहरु सङ्घअन्तर्गत रहेका छन् भने पालिका तथा पालिकाअन्तर्गतका अरु कार्यालय र विद्यालय लगायत प्रदेशअन्तर्गत रहेका छन् । 

काठमाण्डौ उपत्यकाका केही विद्यालयमा आज सार्वजनिक बिदा दिइएको छ भने केहीमा भने बिदा दिइएको छैन ।

अन्तिम अपडेट: फागुन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया