हिउँमा हराइरहेका सात जनाकाे खाेजी गर्न गएकाे उद्धार टाेली फर्कियाे

 माघ १०, २०७६ शुक्रबार ११:१५:२० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

कास्की – अन्नपूर्ण पदमार्ग (एबीसी) क्षेत्रमा हराइरहेका सात जनाको खोजीमा गएको उद्धार टोली फर्किएको छ ।

बाक्लो हिउँ र धेरै चिसोका कारण उद्धारकर्ताहरु नै जोखिममा परेपछि तत्कालका लागि उद्धार कार्य स्थगित गरेर टोली फर्किएको ट्रेकिङ एजेन्सिज् एसाेसियशन अफ् नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष हरि भुजेलले जानकारी दिनुभयो ।

अन्नपूर्ण आधारशिविर नजिकैको हेङ्कु क्षेत्रमा गएकाे शुक्रबार हिमपहिरो जाँदा चार जना कोरियन र तीन जना नेपाली हराइरहेका छन् । उनीहरुको खोजीका लागि उच्च प्रविधिसहितको कोरियाली र तालिम प्राप्त कुकुरसहित नेपाली सेनाको टोली खटिएको थियो ।

कोरियालीसँग रहेको 'मेटल डिटेक्टर' उपकरणले हिउँभित्र केही वस्तु रहेको सङ्केत दिए पनि हिउँ र चिसोका कारण खोजी गर्न नसकिएको अध्यक्ष भुजेलले बताउनु भयो ।

उद्धारकर्तालाई समस्या पर्ने भन्दै बिहीबार पर्यटन विभागले विज्ञप्ति निकालेर हिउँ पग्लने बेलासम्मको लागि उद्धार कार्य स्थगित गर्न आग्रह गरेको थियो । 

अन्तिम अपडेट: फागुन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया