धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डाै - दिउँसो घाम लागेपनि बिहान र बेलुकी पख चिसो छ । राती आकाश खुलेको तथा उत्तरपश्चिम हिमालबाट हावा आएकाले अधिकतम तापक्रम घट्दा चिसो बढेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले बताउनुभयो ।
यस्तै हिमालबाट बहेको हावा र न्यूनतम तापक्रम बढे पनि अधिकतम तापक्रम घट्दा चिसो भएको उहाँले बताउनुभयो । बिहीबारको भन्दा शुक्रबार झण्डै तीन डिग्री घटेर काठमाण्डौको अधिकतम तापक्रम १५ दशमलव ७ डिग्री सेल्सियसमा झरेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
बिहीबार काठमाण्डौको अधिकतम तापक्रम १८ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो ।
यसैगरी दाङमा अस्तिको भन्दा ७ डिग्री सेल्सियसले अधिकतम तापक्रम घटेको छ । दाङको शुक्रबारकाे तापक्रम १४ दशमलव ७ डिग्री सेल्सियसमा झरेको छ ।
यसैगरी जनकपुर, विराटनगर, धरान, पोखरा, लुम्ले, जीरी आसपासका ठाउँको अधिकतम तापक्रम ३ डिग्री सेल्सियससम्म घटेको महाशाखाले जनाएको छ । तर जुम्ला, डढेलधुरा, धनगढी, नेपालगन्ज, दिपायल, भैरहवा, धनकुटा, ताप्लेजुङको अधिकतम तापक्रम भने बिहीबारकाे भन्दा शुक्रबार बढेको छ ।
बिहीबार ११ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको जुम्लाको तापक्रम शुक्रबार ५ डिग्रीले बढेर अधिकतम तापक्रम १७ दशमलव १ डिग्री सेल्सियस पुगेको छ ।
यस्तै शनिबार पनि केही ठाउँको अधिकतम तापक्रम घटबढ हुने मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार शनिबार पहाडी क्षेत्रको मौसम एकैछिन खुल्दै बादल लाग्नेछ भने पश्चिम तराईमा लागेको कुहिरो दिउँसोपछि मात्रै हट्ने भएकाले चिसो रहिरहनेछ ।
अन्य ठाउँको मौसम भने सामान्यतया सफा नै रहने मौसमविद् पौडेलले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।