मोरङको केराबारी गाउँपालिका कार्यालयमा बम विस्फोट

 माघ ११, २०७६ शनिबार १२:२१:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

मोरङको केराबारी गाउँपालिकाको कार्यालयमा प्रेसर कुकर बम विस्फोट भएको छ ।

शुक्रबार राति १० बजेतिर भएको विस्फोटमा कार्यालय भवन नजिकैका केही घरका सिसा फुटेका मोरङ्गका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभयो ।

गाउँपालिका कार्यालय भवनभन्दा २ सय मिटर जति पर राखिएको एउटा बम भने बिहान नेपाली सेनाको टोलीले निष्कृय बनाएको एसपी अधिकारीले जानकारी दिनुभयो । बम विप्लव समूहले राखेको शंका गरिए पनि अहिलेसम्म पुष्टि भइनसकेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: असार ५, २०७७

तपाईको प्रतिक्रिया