कुसुण्डा भाषाका एक मात्र ज्ञाता ज्ञानीमैयाँको निधन

 माघ ११, २०७६ शनिबार २०:५३:२३ | रासस
unn.prixa.net

दाङ - विश्वमै कुसुण्डा भाषाका एकमात्र ज्ञाता ज्ञानीमैयाँ कुसुण्डाको निधन भएको छ । लामो समयदेखि दमले ग्रस्त दाङको लमही नगरपालिका –६ कुलमोहरकी ८२ वर्षीय कुसुण्डाको शनिबार निधन भएको हो । 

उहाँ विश्वकै एकमात्रै कुसुण्डा भाषा बोल्ने व्यक्ति हुनुहुन्छ । उहाँको निधनसँगै कुसुण्डा भाषा संरक्षणमा चिन्ता थपिएको यस भाषाका अनुसन्धानकर्ता उदय आलेले जानकारी दिनुभयो । 

‘विश्वमा उहाँमात्रै कुसुण्डा भाषा बोल्ने ब्यक्ति हुनुहुन्थ्यो’, उहाँले भन्नुभयो, ‘उहाँलाई हामीले कुसुण्डा भाषाको शब्दकोषका रुपमा समेत लिएका थियौँ, तर उहाँको निधनले कुसुण्डा भाषा संरक्षणमा चिन्ता थपिएको छ ।’
 
कुसुण्डा पुसको अन्तिम सातादेखि बिरामी पर्नुभएको थियो । उहाँको प्रारम्भिक उपचार लमहीस्थित फ्लोरेन्स अस्पतालमा गरिएको थियो भने थप उपचार कोहलपुर मेडिकल कलेज नेपालगञ्ज लगिएको थियो । 

उहाँको अवस्था सुधार नभएपछि उहाँलाई घरमै राखिएको थियो । त्यही क्रममा आज उहाँको निधन भएको बुहारी आशा पुनमगरले बताउनुभयो । अब दाङको लमहीमा उहाँकी काकाकी छोरी कमला कुसुण्डाले मात्रै यो भाषा बोल्न जान्नुभएको छ । 

ज्ञानीमैयाका एक मात्र छोरा प्रेमबहादुरको छ वर्षअघि करेन्ट लागेर मृत्यु भएको थियोे । उहाँका दुई छोरीको विवाह भइसकेको छ । घरमा उहाँकी बुहारीले नै हेरचाह गर्दै आउनुभएको थियो । 

कुसुन्डा विकास समाजका अध्यक्ष धनबहादुर कुसुन्डाका अनुसार दाङमा ९८ र देशभर २७३ जना कुसुन्डा छन् ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया