राजपासँगको सहकार्य राम्रो सुरुवात : उपप्रधानमन्त्री पोखरेल

 माघ ११, २०७६ शनिबार २०:३३:६ | रासस
unn.prixa.net

महोत्तरी - उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  र राष्ट्रिय जनता पार्टी  (राजपा) बीचको सहकार्य राम्रो सुरुवात भएको बताउनुभएको छ । 

बर्दिवासमा नेकपा महोत्तरीद्वारा आयोजित प्रदेश नं २ बाट राष्ट्रियसभामा निर्वाचित प्रतिनिधिलाई आज बधाइ ज्ञापन गर्दै  उहाँले  राजपासँगको सहकार्यले निर्वाचनमा राम्रो परिणाम आएको छ भन्नुभयो । 

राष्ट्रियसभा निर्वाचनमा दुवै दलको आवश्यकताले हामीबीच सहकार्य भयो, उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, अब मुलुकको समृद्धि अभियान अघि बढाउन यो सहकार्य अझ विश्वासिलो र सुदृढ बन्नुपर्दछ ।

कार्यक्रममा नेकपाका प्रदेश नं २ का इञ्चार्ज एवम् प्रदेशसभा २ मा विपक्षी दलका नेता सत्यनारायण मण्डल, पार्टीका प्रदेश २ का सहइञ्चार्ज विश्वनाथ साहसहितका नेताहरुले नवनिर्वाचित राष्ट्रियसभा सदस्यलाइ बधाइ ज्ञापन गर्नुभएको थियो ।

नेकपाबाट राष्ट्रियसभामा निर्वाचित तुलसा दाहाल र राधेश्याम पासवानले जनअधिकार र जनचासोका केन्द्रित रहने प्रतिबद्धता जनाउनुभयो । नेकपाका केन्द्रीय सदस्य तथा महोत्तरीका इञ्चार्ज राजु खड्काको अध्यक्षतामा सम्पन्न भएको हो ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया