टिप्परले ठक्कर दिँदा एक जनाको ज्यान गयो

 माघ १४, २०७६ मंगलबार १२:६:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

सुर्खेत – सुुर्खेतको वीरेन्द्रनगरमा टिप्परले माेटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ ।

मङ्गलबार बिहान टिप्परले ठक्कर दिँदा कालिकोट महावै गाउँपालिका ३ का २० वर्षीय केशर सिंहको ज्यान गएको हो । सिंह सवार भे १ प २१७८ नम्बरको मोटरसाइकललाई भे १ ख २२४२ नम्बरको टिप्परले ठक्कर दिएको थियो । सिंहलाई टिप्परले किचेर झण्डै २० मिटरसम्म घिसारेको प्रत्यक्षदर्शीले बताएका छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) रवि रावलले टिप्पर र चालकलाई नियन्त्रणमा लिएको जानकारी दिनुुभयो । सिंहका आफन्तले अहिले जुम्ला सडककाे यरिचोक र गौतम चोकमा आर्कोशित हुुँदै टायर बालेर प्रर्दशन गरिरहेका छन् । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया